We Love U Foundation द्धारा शैक्षिक सामग्री वितरण (फोटोमा हेर्नूहोस्) | Jana Aawaj News

ताजा


We Love U Foundation द्धारा शैक्षिक सामग्री वितरण (फोटोमा हेर्नूहोस्)

पढ्न लाग्ने समयः 2 मिनेट
We Love U Foundation द्धारा शैक्षिक सामग्री वितरण (फोटोमा हेर्नूहोस्) : Jana Aawaj News

काठमाडौं भाद्र २० । We Love U Foundation ले आईतबार गोर्खा जिल्लाको सिरानचोक गाउँपालिका स्थित बिकट गाउँमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।


शैक्षिक सामाग्रीको अभाव भैरहेको अवस्थामा चित्रे पोखरी मा.बि.मा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग, स्वेटर विद्यालयमा टेलिभिजन र पुस्तकालयको स्थापना गरिएको छ ।

 

फाउन्डेसनको सहयोग बाट विद्यार्थीहरुमा खुशी छाएको छ, भने शिक्षकहरू पनि पुस्तकालयद्धारा बौदिक विकास हुन सक्ने र डिजिटल माध्यमबाट पठनपाठन गराउन सकिने भएकोले हौसला मिलेको जानकारी दिनुभयो । यसरी अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनले बिकट स्थानमा पनि आफ्नो सेवाको हात बढाएकोमा स्थानीय निकायको ब्यक्तिहरुमापनि खुसियाली छाएको कुरा चित्रे पोखरी मा.बि.का प्रिन्सिपल संगिता ढकालले बताउनुभयो ।


उक्त कार्यक्रममा समाजिक अभियन्ता बिबेक गुरुङले यस्तो बिकट गाउँमा सेवाको हात बढाउनुहुने वी लभ यू फाउन्डेसनलाई धन्यवाद दिदैं बालबालिकाको मनमा समाजिक भावना जागृत गराएको र यस्ता खालका सामाजिक सेवाका कार्यहरू प्रत्येक व्यक्तिको कर्तव्य भएको बताउनुभयो ।

कार्यक्रमको अन्त्यमा समय दिनुभएर सहभागी हुनु भएका प्रमुख अतिथी, अतिथीहरु, प्रहरी, मिडियाकर्मी र स्वास्थ्यकर्मी, सम्पूर्ण स्वयंम सेवकहरु, स्थानीयबासिन्दा, र सहकार्य गर्नुहुने चित्रे पोखरी मा.वि.परिवार सबैलाई वीलभयू फाउण्डेशनको तर्फबाट अध्यक्ष श्री शोभाकर घिमिरेले धन्यवाद दिनुभयो ।


पृथ्वीलाई बचाउने (Saving the Earth) जीवन बचाउने (Saving Lives) र मानवता बचाउने (Saving Humanity) भन्ने यो अभियान शुरु गर्नुहुने अन्तरष्ट्रिय वी लभ यू फाउण्डेशनकी अध्यक्ष श्री जाङ गील जाज्यूलाई स्मरण गर्दै “आमाको मनद्वारा मानव जातिको खुशी’’ को निम्ति प्रयत्न गर्दै आएको वी लभ यू फाउण्डेशनले आगामी दिनहरुमा पनी विश्वका हरेक देशसँग सहकार्य गर्दै संसार भरिका मानिसहरु खुशी हुन सक्नेगरी आशाको पाईलालाई निरन्तर अगि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

 

+ posts

 

 

ताजा
1 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
2 परमेश्वरको मण्डलीद्वारा ललितपुरको श्री देवी आधारभूत विद्यालयमा जुत्ता तथा खेलकुद पोशाक हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा हेटौंडाको बस्तीपुरमा वृहत रुपमा वृक्षारोपण कार्यक्रम सम्पन्न
4 वागीश्वरीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न