गुण्डूमा आयोजित कराँतेको ग्रेडिङ सम्पन्न | Jana Aawaj News

गुण्डूमा आयोजित कराँतेको ग्रेडिङ सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
गुण्डूमा आयोजित कराँतेको ग्रेडिङ सम्पन्न : Jana Aawaj News

भक्तपुर । वल्ड इन्टरनेशनल कराँते फ्रेड्रेशन (डब्लुआइकेएफ) को व्यवस्थापन तथा नेपाल ओदो इन्टरनेशनल कराँदे दो गुण्डू डोजो भक्तपुरद्धारा शनिबार गुण्डूमा आयोजित पहिलो भक्तपुर जिल्ला स्तरीय ग्रेडिङ सेमिनार सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न समूहका गरी २८ जनलाई ग्रेडिङ गरी पदक र सम्मान पत्र प्रदान गरिएको छ । २८ जना मध्ये ब्यालक बेल्ड प्राप्त गर्ने ११ जना, एल्लो बेल्ड प्राप्त गर्ने १० जना ओरेन्ज बेल्ड प्राप्त गर्ने ७ जना रहेको डोजोका प्रमुख प्रशिक्षक सञ्जयजंग शाहीले जानकारी दिनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले खेलाडीलाई ग्रेडिङको पदक प्रदान गर्दै कराँते खेलले व्यक्तिलाई आत्म रक्षा गर्नुका साथै शरीरिक र मानसिक रुपमा समेत स्वस्थ्थ बनाउने बताउनुभयो ।

भैरबी आधारभूत विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेतले खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै यहाँका खेलाडी राष्ट्रियस्तरका खेलाडी बन्नुपर्ने बताउनुभयो । अभिवाकका तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै अभिभावाक प्रमोद देउँजाले एक जनाबाट शुरु गरिएको कराँते खेलप्रतिको आकर्षण बढ्दै गएर अहिले दैनिक खेलाडीको संख्या बढ्दै जानु उत्कृष्टताको नमूना भएको बतानुभयो ।

डब्लुआइकेएफका बरिष्ठ उपाध्यक्ष अजयजंग शाहि, बागमती प्रदेश प्रमुख तेजबहादुर बल, लुम्बिनी प्रदेशका प्रमुख मौसम पुनःमगर, बरिष्ठ कोज प्रेमकुमार मोक्तान लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । बिहानदेखि शुरु भएको कार्यक्रम अपराह्रान्न सम्म चलेको थियो । कार्यक्रममा सबै खेलाडीको अभिभावक, स्थानीय समाजसेवी, खेलप्रेमी लगायतको सहभागिता रहेको थियो । गत वैशाखदेखि गुण्डूमा काराँते खेलको प्रशिक्षण शुरु भएको थियो ।

 

+ posts