पोलिटब्युरो सदस्य महेश विरुद्ध भ्रम फैलाईयो, पराजित मानसिकता भएकाले चरित्रहत्या गरे | Jana Aawaj News

पोलिटब्युरो सदस्य महेश विरुद्ध भ्रम फैलाईयो, पराजित मानसिकता भएकाले चरित्रहत्या गरे

पढ्न लाग्ने समयः < 1 मिनेट
पोलिटब्युरो सदस्य महेश विरुद्ध भ्रम फैलाईयो, पराजित मानसिकता भएकाले चरित्रहत्या गरे : Jana Aawaj News

भक्तपुर । पार्टीका नेता विरुद्ध विरोधी समुहले भ्रम छरेको भन्दै त्यसको प्रतिरोध गर्न नेकपा एमाले भक्तपुर जिल्ला कमिटिले एक विज्ञप्ति जारी गरेको छ ।

जिल्ला अध्यक्ष वचन देउजाले बिहीबार विज्ञप्ती जारी गर्दै सामाजिक सञ्चालमा सम्प्रेषण गरिएका भ्रामक सामाग्री प्रति ध्यानाकर्षण व्यक्त गरेका छन् ।

आगामी मंसिर ४ गते निवर्वाचनमा हारको मानसिकताबाट ग्रसित भइ तिलमलाएका अराजक समूहले विक्षिप्तताको प्रमाणस्वरुप चरित्रहत्या गर्न खोजिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तो प्रचारलाई विश्वास नगरी त्यसको प्रतिवाद गर्न समेत अध्यक्ष देउजाले आह्वान गरेका छन् ।

यस्तो छ विज्ञप्ती ˸

+ posts