
जन आवाज न्युज/भक्तपुर, जेठ १७ गते । सूर्यविनायक नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका खेलाडीहरूका लागि आयोजित भक्तपुर जिल्ला स्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप–२०८३” सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगिता २०८३ जेठ १६ र १७ गते सञ्चालन गरिएको थियो। प्रतियोगिताको मुख्य निर्णायक निरञ्जन प्रजापति रहेका थिए साथै कार्यक्रमका सभापति सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापा कार्यक्रमका प्रमुख अतिथि भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा ज्यूको प्रमुख अति्यतामा प्रतियोगिता समापन गरिएको छ। यस
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै निकेन कुसथा प्रथम, गणेशमान दुवाल द्वितीय तथा पुरुषोत्तम दुवाल तृतीय स्थान हासिल गर्न सफल भए। त्यसैगरी सुमन सुवाल चौथो र गणेश अवाल पाँचौं स्थानमा रहे। प्रथम द्वितीय तृतीय चौथो पाँचौंले क्रमश ट्रफी मेडल साथै नगद पुरस्कार १५ हजार १० हजार ५ हजार र ३ हजार प्राप्त गर्न सफल हुनुभएको छ।

प्रतियोगितामा विभिन्न उमेर समूह तथा विशेष विधातर्फ पनि उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको थियो।
बेस्ट महिलातर्फ श्रेसा दुवाल प्रथम र मानस्विनी शर्मा द्वितीय भइन् भने यू–१६ बालिकातर्फ राजश्री कोजु उत्कृष्ट घोषित भइन्। उक्त विधामा प्रथम नृत्य हुन सफल खेलाडीहरूले रु ३००० र १५०० नगद पुरस्कार प्राप्त गर्न सफल हुनुभयो।
समापन समारोहका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष राजु थापाले प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। साथै उहाँले खुल्ला तथा महिला दुवै विधाबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका ३/३ जना खेलाडीहरू बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि छनोट भएको घोषणा समेत गर्नुभएको थियो।
प्रतियोगिता आयोजकका अनुसार प्रतियोगिताबाट खुल्ला एवं महिला दुवै विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूले आगामी बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। यसले जिल्लाका प्रतिभावान चेस खेलाडीहरूलाई प्रदेशस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ।
प्रतियोगिताले भक्तपुर जिल्लामा चेस खेलको विकास, खेलाडीहरूको पहिचान तथा प्रतिस्पर्धात्मक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related













Total views : 359392












