भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु | Jana Aawaj News

भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु : Jana Aawaj News
सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना एवं सूर्यविनायक नगरपालिकाको सहयोगमा सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा सुरु भएको प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास महाशाखाका संयोजक रविन्द्र सापकोटाले उद्घाटन गर्नुभयो ।

नगरपालिकाले स्थानीय तहबाटै खेलकुदलाई प्रोत्साहन गर्ने र दीर्घकालीन रूपमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्र्ने गरि वार्षिक कार्यक्रम नै तयार पारी प्रत्येक महिनामा एक वटा खेल प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । उहाँले ग्रासरुढ फुटबल प्रशिक्षणदेखि बिभिन्न खेल प्रतियोसगताहरु आयोजना गरेर नगरपालिकाले खेलकुदको बिकास र खेलाडीलाई प्रोत्साहन दिएको बताउदै उहाँले बुद्धिचालले मानसिक र बौद्धिक विकासमा टेवा दिने बताउनुभयो ।

स्थानीयस्तरमा बुद्धिचाल खेलको विकास, प्रतिभा पहिचान र खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । कार्यक्रममा समितिका सदस्य-सचिव दीपक थापाले प्रतियोगितामा जिल्लाभरिका ६६ जना खेलाडीहरूबीच प्रतिस्पर्धा रहेको बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद रु. १५ हजार, दोश्रो हुनेलाई रु. १० हजार, तेश्रो हुनेलाई रु. ५ हजार, चौथो हुनेलाई रु. ३ हजार र पाँचौ हुनेलाई रु. ३ हजार नगद, सहित महिला तथा पुरुष गरि कूल ६७ हजार ५०० रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

सदस्य सचिव थापाले यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले आगामी तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने बताउनुभयो ।

कर्यक्रममा कार्यपालिका सदस्य कमला पोखरेल, जिल्ला खेलकुद विकास समिति सदस्य अनन्त वैद्य, नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य निराजन प्रजापति र भक्तपुर जिल्ला चेस संघका अध्यक्ष बद्री दुवाल लगायतको सहभागिता रहेको थियो ।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न