
जन आवाज न्युज/ललितपुर, जेठ १७ गते । ललितपुरमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान कार्यक्रम’ साथै सरसफाइ गतिविधि सम्पन्न भएको छ ।

विविध स्वयंसेवाका कार्यहरूद्वारा प्रेम बाँड्ने मूल्यलाई व्यवहारमा उतार्दै आएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (महासचिव पास्टर गिम जु छल, यसपछि परमेश्वरको मण्डली भनिएको) ले आइतबार ललितपुरमा रक्तदान कार्यक्रम र वातावरण सरसफाइ अभियानलाई निरन्तरता दिँदै व्यस्त दिन बिताएको छ । ‘जीवनदान’को उदात्त मूल्यलाई आत्मसात् गर्नका लागि गोदावरी नगरपालिकाको ठेचोमा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ आयोजना गरिएको हो । कार्यक्रममा मण्डलीका विश्वासीहरू, परिवारहरू, छिमेकीहरू गरी करिब २६० जना सहभागी भएका थिए । आवेदन पेश गरेपछि, सहभागीहरूले रक्तदानको लागि योग्यता पुष्टि गर्नका लागि प्रश्नावली लगायत शारीरिक जाँच गरेर रक्तचाप परीक्षण गरे। तिनीहरूमध्ये १२० जनाले सफलतापूर्वक ५४,००० मि.लि. रगत दान गरे । रगतको अभाव र कमीले गर्दा एक जनाले पनि जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालका अध्यक्ष तेजेन्द्र गौतमले, “परमेश्वरले ‘नयाँ करार निस्तार चाड’मार्फत मानव-जातिलाई अनन्त जीवनको आशिष् दिनुभयो र भोलिपल्ट क्रूसको बलिदानद्वारा त्यो प्रेमलाई प्रमाणित गर्नुभयो, निस्तार-चाडमा रहेको ख्रीष्टको प्रेम फैलाउनका लागि हामीले यो कार्यक्रम योजना गरेका हौं ” भन्नुभयो । निस्तार-चाड (Passover) चाहिँ बाइबलमा लेखिएको परमेश्वरको चाड हो, जसमा विपत्ति पार भएर जाने अर्थ रहेको छ । येशू ख्रीष्टले क्रूसमा बलि हुनुअघि निस्तार-चाडको दिनमा, उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा नयाँ करार स्थापना गर्नुभयो । विश्वभरि बाइबलअनुसार नयाँ करार निस्तार-चाड मान्ने एक मात्र मण्डली नै परमेश्वरको मण्डली हो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा बिहान ११:०० बजेदेखि सुरु भएको कार्यक्रम दिउँसो ३:०० बजे सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि, गोदावरी नगरपालिकाका उप-मेयर मुना अधिकारीले यस्तो किसिमको कार्यक्रमले समाजसेवामा प्रेरणा जगाउनुको साथै रगतको अभावले गर्दा अकालमा ज्यान गुमाउन पुग्ने व्यक्तिहरूले जीवनदान पाउने भएकोले यो पवित्र कार्य आफ्नो नगरपालिकामा गर्नुभएकोमा कृतज्ञता व्यक्त गर्नुभयो ।
रक्तदानमा सहभागी एक जना युवा सदस्यले “रक्तदान भनेको आफ्नो रगत अरूलाई दिएर बचाउने कार्य भएकोले यस्तो खुशीमय र अमूल्य कार्यमा सहभागी हुन पाउँदा निकै कृतज्ञ छु ” भन्दै खुशी व्यक्त गरे । त्यसै गरी अर्को एक जना सहभागीले “रक्तदानद्वारा हामी संसारलार्इ कति धेरै प्रेम गर्दछौं भन्ने कुरा देखाउन चाहन्छु र खुशीसाथ रक्तदान गरेको छु” भन्दै छिमेकीहरूलाई सधैँ समर्थन गर्ने कुरा बताए।
‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’चाहिँ परमेश्वरको मण्डलीद्वारा विश्वव्यापी रूपमा आयोजना हुने जीवनदान गतिविधि हो । मण्डलीले सन् २००५ कोरियाबाट सुरु गरेर गत मार्च महिनासम्म ६९ वटा देशहरूमा रक्तदान कार्यक्रम सञ्चालन गर्दैआएको छ । १,७४४ पटक सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ३ लाख १५ हजारभन्दा बढी मानिसहरूले सहभागिता जनाएका छन् भने १ लाख ३६ हजारभन्दा बढीले रगत दान गरेर जीवनको सम्मान गर्ने संस्कृतिलाई प्रवर्द्धन गरेका छन् । एक जनाको रक्तदानले ३ जनाको ज्यान बचाउन सक्ने रक्तदानको विशेषताअनुसार, यो करिब ४ लाख १० हजार जनाको जीवन बचाएको उपलब्धि हो । यस वर्ष मात्रै पनि सिन्धुलीको कमलामाई, झापाको बुद्धशान्ति र काठमाडौँ लगायत देशका ९ स्थानमा रक्तदान अभियान सञ्चालन गरिएको छ ।
सोही दिन, परमेश्वरको मण्डलीका जागिरे युवा स्वयंसेवक समूह(ASEZ WAO) ले ललितपुरको मानभवन वरपरको क्षेत्रमा ‘Green Earth’ (हरियो पृथ्वी) परियोजना अन्तर्गत सरसफाइ अभियान सञ्चालन गऱ्यो । उक्त कार्यक्रम ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलको प्रमुख आतिथ्यतमा थियो भने विशिष्ट अतिथिमा ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरेको सहभागिता थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरेले वातावरण संरक्षण र सरसफाइमा ASEZ WAO ले चालिरहेको कदम एकदमै सराहनीय छ भन्दै प्रशंसा गर्नुहुँदै ASEZ WAO समर्थनयुक्त हस्ताक्षर पत्रमा हस्ताक्षर पनि गर्नुभयो ।
कार्यक्रममा ASEZ WAO का सदस्यहरू, उनीहरूका सहकर्मीहरू र साथीभाइ गरी करिब ५० जना सहभागी भएका थिए । ‘Green Earth’चाहिँ प्रदूषित सहरी सडकहरू, पार्कहरू र वन-जङ्गलहरू सफा गरेर स्वस्थ स्थलीय पारिस्थितिक प्रणाली निर्माण गर्ने विश्वव्यापी परियोजना हो । सरसफाइ गतिविधि जिल्ला प्रशासन कार्यालयको परिसरदेखि सुरु गरेर जिल्ला समन्वय समितिको हातासम्म गरिएको थियो । करिब १ घण्टासम्म सञ्चालन भएको यस अभियानबाट २५ लिटरका २० वटा झोला बराबरको फोहोर सङ्कलन गरियो । ती झोलाहरूमा प्लास्टिकका बोतल, कप, पाइप (स्ट्र), खानेकुरा प्याक गर्ने भाँडा, प्लास्टिकका झोला, सिसाका टुक्राहरू र क्यानहरू आदि भरिएका थिए ।
परमेश्वरको मण्डलीले छिमेकी तथा समाजको भलाइको निम्ति विभिन्न गतिविधिहरू आयोजना गरिरहेको छ । नेपालमा पनि मण्डलीले भूकम्पले क्षतिग्रस्त ठाउँमा मर्मत सम्भार, नयाँ विद्यालय भवन निर्माण सहयोग, रक्तदान कार्यक्रम, वातावरण सरसफाइ लगायत विभिन्न स्वयंसेवाका गतिविधिहरू सञ्चालन गर्दैआएको छ । मण्डलीले काठमाडौँ, ललितपुर, भरतपुर र नेपालगञ्ज क्षेत्रका वन, खोला तथा सहरहरूमा सरसफाइ गतिविधिहरू गरेर जनकल्याण प्रवर्धनमा पनि योगदान पुऱ्याएको छ । त्यसै गरी कार्बन उत्सर्जन कम गर्ने पहल ‘आशाको वन’ अभियानमार्फत जैविक विविधताको संरक्षण गर्न मण्डलीले नेपालभरि करीब १,१५० वटा वृक्षहरू रोपेको छ । नेपालमा गत वर्षसम्म मण्डलीका ५९,७३२ जना सदस्यहरूले ९८९ वटा विभिन्न स्वयंसेवाका गरेका छन् । यस किसिमको मानव कल्याणका गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गर्दै समर्थन जनाएको छ ।
परमेश्वरको मण्डलीचाहिँ विश्वको १७५ वटा राष्ट्रका ७,८०० भन्दा बढी क्षेत्रहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करिब ४० लाख विश्वासीहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू’ भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा हालसम्म मण्डलीका ६९,५६८ जना सदस्यहरूले १,०६८ पटक विभिन्न स्वयंसेवाका गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान कार्यक्रम र संस्कृति आदानप्रदान जस्ता गतिविधिहरू ४७,००० पटकभन्दा बढी गरिएको छ (मार्चसम्म) । परमेश्वरको मण्डलीले चार अमेरिकी सरकारबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, तीन कोरियाली सरकारबाट राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,८०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

















-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related












Total views : 359379












