स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन | Jana Aawaj News

स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन

पढ्न लाग्ने समयः < 1 मिनेट
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन : Jana Aawaj News

ललितपुर। बि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका दिन एकजना स्रष्टाकाे एकल लघुकथा वाचन कार्यक्रम शुरू गर्दै आईरहेकाे स: दबू साहित्यकाे पाँचाैं संस्करण अन्तर्गत स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।

ललितपुरकाे तलाछें टाेलमा आयाेजित उक्त एकल वाचन कार्यक्रममा साँखु निवासी स्रष्टा रामेश श्रेष्ठका विविध परिवेशलाई समेटिएर विविध थरीका स्वाद सहितका नेपालभाषाका १५ वटा लघुकथाहरू पस्किएका थिए । ३ चरणमा बाँडिएकाे उक्त वाचित लघुकथाहरूमा पहिलाे चरणमा ५ वटा लघुकथाहरू क्रमश: “पित्या प्वाया आतङ्क” , “सिना याय मा:गु ज्या सिनाज्या” , ” चिबाखँ”, ” प्रतिगमनया हिस्सेदार जि, छि अले झी ” र “स्वम्हेसिया बाखँ” रहेका छन् भने दाेस्राे चरणका ५ वटा लघुकथाहरूमा क्रमश: “झसुका: आगतया ” , अले बाैम्ह झसङ्ग वन ” , “वा या दुने जाकी दु” ,”पश्चाताप ” र “हिउपा” रहेका छन् । त्यसैगरी तेस्राे चरणका ५ वटा लघुकथाहरूमा क्रमश: “काय् या म्हगस” , ” चेतना” ” काय् यात अंश, म्हयाय् यात हंश ” ” धेंधेंबल्ला” र ” चि या धर्म” रहेका छन् ।

वर्तमान समय, परिस्थिति, सामाजिक परिवेश, विकृति विसङ्गतिलाई उजागर गर्दै तयार पारिएका लघुकथाहरू सुन्दर, समय सान्दर्भिक र चेतनामूलक देखिन्छन् ।
छाेटाे मिठाे कार्यक्रम अन्तर्गत स: दबू साहित्यका कविन्द्र लाल प्रधानले स्रष्टा रामेशलाई माला लगाई स्वागत गर्नुभयाे भने सुधिर ख्वविले सबैलाई धन्यबाद ज्ञापन गर्दै स्रष्टा रामेशलाई मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे । त्यसैगरी स: दबू साहित्यका समा श्रीले स्रष्टा रामेशकाे संक्षिप्त परिचय सहित कार्यक्रमकाे सहजिकरण गर्नुभएकाे थियाे ।

स्मरणिय छ, स दबू साहित्यले यसअघि हालसम्म सञ्चालन गरिसकेका ४ वटा संस्करणहरूमध्ये पहिलाे संस्करण स्रष्टा पूर्णराम मुनंकर्मी, दाेस्राे संस्करण स्रष्टा राजेश्वरी राजाेपाध्याय, तेस्राे संस्करण स्रष्टा अमृत रत्न शाक्य र चाैथाे संस्करण स्रष्टा अन्जना ताम्राकारकाे एकल लघुकथा वाचन रहेकाे थियाे ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न
3 प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण
4 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न