
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले कामको गति लिन नसकेको बताउनुभएको छ । पूर्वमन्त्री समेत रहेका थापाले सरकारले गरिरहेको काम कारबाहीप्रति असन्तुष्टि जनाउनुभयको छ ।
आज नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता थापाले दुई छिमेकी मुलुक भारत र चीनबाट फाइदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराउदै अहिलेको सरकारले गति लिन नसकेको बताउदै २००७ सालपछिको समय जसरी खेर फालेका थियौ पुन हामीले अहिले पाएको मौका समेत खेर जाने डर उत्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्युत खपत अझ बढाउन आग्रह गर्दै विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध तवरले काममा ढिलाइ गर्न नहुने समते बताउनुभयो ।
आफुले गर्नुपर्ने काम इमान्दारिताका साथ गरेमा मात्रै देश बन्ने भएकाले सबै बर्मचारीहरुलाइ इमान्दार भएर काम गर्न समेत आग्रह गर्नुभयो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295621



