नेपालको विद्युत अन्य देशमा निर्यात गर्न राजनीतिक भूमिका महत्वपूर्ण छ˸ घिसिङ | Jana Aawaj News

नेपालको विद्युत अन्य देशमा निर्यात गर्न राजनीतिक भूमिका महत्वपूर्ण छ˸ घिसिङ

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपालको विद्युत अन्य देशमा निर्यात गर्न राजनीतिक भूमिका महत्वपूर्ण छ˸ घिसिङ : Jana Aawaj News

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको माग बढाउनका लागि सरकारले काम गरिरहेको बताउनुभयो । नेपालको विद्युत भारत, बंगलादेशलगायत सार्क मुलुकहरूमा निर्यात गर्नका लागि राजनीतिक नेतृत्वले भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको शुक्रबार आयोजित कार्यक्रममा बोल्दै घिसिङले विद्युतको माग बढाउने विषय पहिलो प्राथमिकतामा रहेको समेत बताउनुभएको छ । विद्युतको माग बढाउनका लागि विद्युतीय सवारी र विद्युतीय खाना पकाउने साधनमा जोड दिनुपर्ने बतादै हाल प्रत्येक दिन ५ सय मेगावाटसम्म विद्युत बढी भइरहेको बताउनसभयो ।

विद्युत माग बढाउ प्राधिकरणलाइृ चुनौती भएको बताउदै हाल भारतमा निर्यात गर्नका लागि बिहारसँग सम्झौता भएता पनि उनीहरूले कम माग गरेको बताउनुभयो । पछिल्लो १ वर्षमा माग बढाउनका लागि काम गरेको भए अहिलेको अवस्था नआउने बताउदै विगत १ वर्षमा काम नहुँदा आजको स्थिति बेहोर्नुपरेको जानकारी गराउनुभयो ।

विद्युत उत्पादनका हिसाबले नेपालको ऊर्जा क्षेत्रमा राम्रो भविष्य भएकोले आगामी दिनमा अझ प्रगति गर्दै जान सकिने बताउनुभयो । प्राधिकरणले अहिले २ हजार मेगावाटका ठुला आयोजना अगाडि बढाएको जानकारी गराउदै २ हजार मेगावाटको आयोजना अगाडि बढ्दै गर्दा अर्को ४ सय ५० मेगावाटको अरुण चौथोको लाइसेन्स प्राधिकरणलाई प्राप्त भएपछि अपर अरुण र अरुण चौथो गरी १५ सय मेगावाटको काम अगाडि बढ्ने समेत उहाँले जानकारी गराउनुभयो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न