सरकारले कामको गति लिन सकेन ˸ गगन थापा | Jana Aawaj News

सरकारले कामको गति लिन सकेन ˸ गगन थापा

पढ्न लाग्ने समयः < 1 मिनेट
सरकारले कामको गति लिन सकेन ˸ गगन थापा : Jana Aawaj News

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले कामको गति लिन नसकेको बताउनुभएको छ । पूर्वमन्त्री समेत रहेका थापाले सरकारले गरिरहेको काम कारबाहीप्रति असन्तुष्टि जनाउनुभयको छ ।

आज नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता थापाले दुई छिमेकी मुलुक भारत र चीनबाट फाइदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराउदै अहिलेको सरकारले गति लिन नसकेको बताउदै २००७ सालपछिको समय जसरी खेर फालेका थियौ पुन हामीले अहिले पाएको मौका समेत खेर जाने डर उत्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्युत खपत अझ बढाउन आग्रह गर्दै विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध तवरले काममा ढिलाइ गर्न नहुने समते बताउनुभयो ।

आफुले गर्नुपर्ने काम इमान्दारिताका साथ गरेमा मात्रै देश बन्ने भएकाले सबै बर्मचारीहरुलाइ इमान्दार भएर काम गर्न समेत आग्रह गर्नुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न