आज सुन तोलामा एक सयले बढ्यो | Jana Aawaj News

आज सुन तोलामा एक सयले बढ्यो

पढ्न लाग्ने समयः < 1 मिनेट
आज सुन तोलामा एक सयले बढ्यो : Jana Aawaj News

काठमाडौं । सुनको मूल्य आज एक सय रुपैयाँ वृद्धि भएर तोलाको ९१ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ । आज बजारमा प्रतितोला सुनको मूल्य एक सय रुपैयाँले बढ्ेर करोबार भएको छ ।
यस्तै सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको थियो भने, छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु. ९० हजार ६०० मा कारोबार भएको थियो । यसअघि सोमबार पनि सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर ९१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

महासंघले सार्वजनिक गरेको तथ्यांकमा बुधबार तेजाबी सुन प्रतितोला रु. ९० हजार ९०० मा कारोबार हुने बताइएको छ । जुन सोमबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका दिएको जानकारी अनुसार बुधबार चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला रु. १० ले बढेर एक हजार २३५ पुगेको छ । चाँदी सोमबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न