डा.महतद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण | Jana Aawaj News

डा.महतद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

बाढि र पहिरो पीडितलाई उद्दार तथा राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण

पढ्न लाग्ने समयः < 1 मिनेट
डा.महतद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण : Jana Aawaj News

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्षा पीडितको उद्दार र राहत वितरण गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई भेटेर उहाँले पीडितको उद्दार र राहत सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको हो । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभन्न जिल्लाहरुमा लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको जनधनको क्षति र सवारी दुर्घटनाका विषयमा महतले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

यसैगरी डा. महतले विपद्को समयमा पीडितहरूको उद्दार, पुनःस्थापना र राहतको व्यवस्थाको लागि तीनै तहका सरकारको समन्वयमा राजनीतिक दलका कार्यकर्ताहरु पनि परिचालित हुनुपर्ने आवश्यकता रहेको बताउदै उचित क्षतिपूर्तिको व्यवस्था गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुभयो ।

यस्तै महतले उद्दार, राहत र पुनःस्थापना जस्ता मानवीय कार्यमा पार्टी र भातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धित क्षेत्रका सबै तहका पदाधिकारी तथा सदस्यहरु सक्रियतापूर्वक खट्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

पहिरो र बाढिमा परेर दुर्घटनामा परेका यात्रुहरूको निःशुल्क स्वास्थ्योपचार, मृतकका परिवारलाई राहत सहयोग र दीर्घकालमा दुर्घटना न्यूनीकरणका उपाय अबलम्बन गर्ने सम्बन्धमा आफूले राखेको प्रस्तावलाई प्रधानमन्त्री देउवाले सकारात्मक रुपमा लिएको महतले जानकारी गराउनुभएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न