सूर्यविनायकमा नगरस्तरीय बाल प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न | Jana Aawaj News

Bhaktapur Hospital

सूर्यविनायकमा नगरस्तरीय बाल प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायकमा नगरस्तरीय बाल प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न : Jana Aawaj News

भक्तपुर । सूर्यविनायक नगरपालिकामा नगर बाल सञ्जालको आयोजना तथा सूर्यविनायक नगरपालिकाको समन्वयमा नगरस्तरीय बाल प्रतिभा प्रस्फुटन कार्यक्रम-२०८३ शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा नगरपालिकाभित्रका बालबालिकाहरूले गायन, नृत्य, चित्रकला, देउसी–भैलो, साहित्यलगायत विभिन्न विधामार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए। बालबालिकाहरूले आ–आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रदर्शन गर्दै कार्यक्रमलाई उत्साहपूर्ण बनाएका थिए।
बालबालिकामा अन्तर्निहित प्रतिभाको पहिचान, प्रस्फुटन तथा प्रोत्साहन गर्नुका साथै उनीहरूको आत्मविश्वास, सिर्जनशीलता र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

बालबालिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दा उनीहरूको क्षमता अभिवृद्धि हुनुका साथै कला, संस्कृति र सिर्जनात्मक सोचको विकासमा समेत सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।

बालबालिकाको प्रतिभा र क्षमतालाई उजागर गर्दै उनीहरूलाई सामाजिक तथा रचनात्मक गतिविधिमा सक्रिय सहभागी गराउने यस्ता कार्यक्रमले बालमैत्री समाज निर्माण र उनीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 ईप्सन भक्तपुरको एकल लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलकि मनिरा प्रथम
2 हिमाल एकेडेमीमा इप्सन समूहगत तथा एकल लोकनृत्य प्रतियोगिता सम्पन्न
3 सूर्यविनायकमा नगरस्तरीय बाल प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न
4 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x