विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट

पढ्न लाग्ने समयः < 1 मिनेट
विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट : Jana Aawaj News
Oplus_16908288

भक्तपुर ।
मध्यपुरथिमिस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा कक्षा ९ मा अध्ययनरत मेधावी विद्यार्थी तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो रनरअप बन्न सफल भएका छन्। उनले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्दै अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपका लागि समेत आफ्नो स्थान सुरक्षित गरेका छन्।

बुटवलस्थित एपेक्स स्कुलमा यही कार्तिक १३ गतेदेखि १५ गतेसम्म आयोजित १२औँ राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा तुलजले देशभरका ३७ जिल्लाबाट सहभागी १०६ जना प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो रनरअपको उपाधि हासिल गरेका हुन्। उनको यस सफलताले विद्यालय, भक्तपुर जिल्ला तथा समग्र शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाएको छ।
विद्यालयबाट च्याम्पियन बनेका तुलजले जिल्ला प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै भक्तपुर जिल्लाको च्याम्पियन बन्न सफल भएका थिए। जिल्ला च्याम्पियनका रूपमा राष्ट्रिय प्रतियोगितामा सहभागी भएका उनले पुनः उत्कृष्ट खेल प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुन सफल भएका हुन्।

उक्त प्रतियोगितामा भक्तपुर जिल्लाबाट सहभागी भएका नौ जना जिल्ला च्याम्पियन विद्यार्थीमध्ये विनायक शिक्षा निकेतनकै सागर दुलाल र सुलभ प्रजापतिले समेत उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। उनीहरूको सहभागिता र प्रदर्शनले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा रहेको उत्कृष्टतालाई थप उजागर गरेको छ।

तुलज प्रजापतिको यस उल्लेखनीय सफलताप्रति विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति तथा विद्यालय परिवारले खुसी व्यक्त गर्दै उनलाई अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपका लागि अग्रिम बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उच्च राख्न सफल होऊन् भन्ने कामनासहित विद्यालय परिवारले तुलजको आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
2 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
3 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
4 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x