कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित

पढ्न लाग्ने समयः 2 मिनेट
कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित : Jana Aawaj News

भक्तपुर । शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८) को बीईई (BEE) परीक्षा तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै दुवै परीक्षामा जीपीए ४ हासिल गर्न सफल मित्रश्री पाठशाला चाँगुनारायण नगरपालिकाबाट सम्मानित भएको छ ।


कक्षा ८ को बीईई परीक्षा र कक्षा १० को एसईई दुवैमा शतप्रतिशत नतिजा हासिल गर्नुका साथै दुवै परीक्षामा जीपीए ४ प्राप्त गर्न सफल चाँगुनारायण नगरपालिका क्षेत्रकै एकमात्र विद्यालय मित्रश्री पाठशाला रहेको विद्यालयले जनाएको छ ।
यस अवसरमा एसईई परीक्षामा जीपीए ४ हासिल गर्ने विद्यालयका विद्यार्थी अमीर थिङ तथा बीईई परीक्षामा जीपीए ४ प्राप्त गर्ने रोज बस्नेतलाई पनि सम्मान गरिएको थियो ।


सम्मान समारोहमा आफ्नो अनुभव सुनाउँदै विद्यार्थी रोज बस्नेतले सफलताका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा आफूमा विश्वास गर्नु र डरलाई जित्नु रहेको बताए । उनले आफ्नो उपलब्धिको श्रेय विद्यालय, शिक्षक तथा अभिभावकलाई दिँदै उनीहरूको साथ, सहयोग र मार्गदर्शनले आफूलाई यो सफलता हासिल गर्न योग्य बनाएको उल्लेख गरे ।
चाँगुनारायण नगरपालिकाद्वारा आयोजित सम्मान समारोहमा नगर क्षेत्रका जीपीए ४ प्राप्त गर्ने विद्यार्थी, शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
समारोहमा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी र शिक्षा शाखा प्रमुख जनार्दन रिजालले मित्रश्री पाठशालाका प्रिन्सिपल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सम्मानित विद्यार्थीहरूलाई खादा, प्रमाणपत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए ।
विद्यालयको निरन्तर मेहनत, प्रभावकारी शिक्षण–सिकाइ प्रक्रिया, शिक्षकहरूको समर्पण, विद्यार्थीको लगनशीलता तथा अभिभावकको सहयोगबाट प्राप्त यस सफलताले मित्रश्री पाठशालाको शैक्षिक गुणस्तर र प्रतिबद्धतालाई थप उजागर गरेको छ ।
भक्तपुरमा उत्कृष्ट शैक्षिक तथा अतिरिक्त क्रियाकलापको केन्द्रका रूपमा स्थापित विद्यालयलाई यस सम्मानले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न थप ऊर्जा, प्रेरणा र जिम्मेवारी प्रदान गरेको प्रिन्सिपल दीपक बिष्टले बताउनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
2 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
3 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
4 अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x