एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित

पढ्न लाग्ने समयः < 1 मिनेट
एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित : Jana Aawaj News

भक्तपुर  । चाँगुनारायण नगरपालिका-२, दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कुल २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको भन्दै नगरपालिकाबाट सम्मानित भएको छ ।
नगरपालिकाले एक समारोहबीच विद्यालयसँगै एसईईमा ४.० जीपीए ल्याउने विद्यार्थी सुप्रोल श्रेष्ठ र कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा ४.० जीपीए हासिल गर्ने अन्जन कटुवाललाई पनि सम्मान गरेको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीलाई नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले सम्मानपत्र प्रदान गरेका थिए ।


नगरभित्र उत्कृष्ट विद्यालयका रूपमा स्थापित हुन सफल भएकोमा गोल्डेन सुनगाभाका अध्यक्ष लिलानाथ निरौला र प्रिन्सिपल महेशचन्द्र गौतमले खुसी व्यक्त गरेका छन् ।
विद्यालयका अध्यक्ष निरौलाका अनुसार विद्यालय प्रशासन तथा शिक्षकहरूको निरन्तर मेहनत, सुविधासम्पन्न भवन, पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशाला र अतिरिक्त क्रियाकलापले उत्कृष्ट नतिजा हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।
त्यस्तै, विद्यालयको भौतिक विकाससँगै शिक्षकहरूको लगाव र समर्पणले विद्यार्थीको शैक्षिक उपलब्धिमा योगदान पुर्‍याएको प्रिन्सिपल गौतमको भनाइ छ ।
विद्यालयले शैक्षिक गतिविधिसँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै फुटसललगायत विभिन्न खेलकुद प्रतियोगिता तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।
शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र विद्यार्थीको उत्कृष्ट उपलब्धिका कारण गोल्डेन सुनगाभा स्कुललाई भक्तपुर क्षेत्रकै गुणस्तरीय विद्यालयका रूपमा लिने गरिन्छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
2 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
3 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
4 अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x