

भक्तपुर । ईप्सन (EPSON) भक्तपुरद्वारा शुक्रबार आयोजित जिल्लास्तरीय एकल लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलकि मनिराले प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।


जिल्लाका विभिन्न विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै मनिराले प्रथम स्थान हासिल गरेकी हुन्। उनको आकर्षक नृत्य, उत्कृष्ट तालमेल, भावभङ्गी तथा नेपाली मौलिक संस्कृतिको झल्को दिने प्रस्तुतिले निर्णायक मण्डल र दर्शकको मन जित्न सफल भएको थियो।
नेपाली मौलिक कला, संस्कृति तथा लोकपरम्पराको संरक्षण र प्रवर्द्धन गर्नुका साथै विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगितामा प्रथम हुन सफल मनिरालाई आयोजकले ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ। कार्यक्रममा ईप्सन भक्तपुरका प्रतिनिधिहरूले सहभागी सबै विद्यार्थीको प्रतिभाको प्रशंसा गर्दै नयाँ पुस्ताले नेपाली लोकनृत्य र सांस्कृतिक परम्परालाई जीवन्त राख्न खेलेको भूमिकाको सराहना गरेका थिए।
मनिराको यस सफलताले विद्यालय, अभिभावक तथा शुभेच्छुकहरूमा खुसी छाएको छ।
Related
























Total views : 406470









