

भक्तपुर । हिमाल एकेडेमीको आयोजनामा इप्सन समूहगत तथा एकल लोकनृत्य प्रतियोगिता–२०८३ भव्यताका साथ सम्पन्न भएको छ।

शुक्रबार आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले नेपाली मौलिक कला, संस्कृति र परम्पराको झल्को दिने विभिन्न लोकनृत्य प्रस्तुत गरेका थिए।

विद्यालयका प्रधानाध्यापक प्रदीप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष रविन्द्र सापकोटा प्रमुख अतिथि तथा इप्सन अध्यक्ष जीबी खड्का विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा विद्यार्थीहरूले समूहगत तथा एकल विधामा आकर्षक लोकनृत्य प्रस्तुत गर्दै आफ्नो कला, प्रतिभा र सिर्जनशीलता प्रदर्शन गरेका थिए। नेपाली मौलिक संस्कृति, परम्परा र लोककलाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
यस्ता प्रतियोगिताले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभाको पहिचान र विकास गर्नुका साथै आत्मविश्वास, सिर्जनात्मक क्षमता तथा कलात्मक सीप अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले लिएको छ।
विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउँदै उनीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
Related
























Total views : 406471









