ईप्सन भक्तपुरको एकल लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलकि मनिरा प्रथम | Jana Aawaj News

Bhaktapur Hospital

ईप्सन भक्तपुरको एकल लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलकि मनिरा प्रथम

पढ्न लाग्ने समयः < 1 मिनेट
ईप्सन भक्तपुरको एकल लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलकि मनिरा प्रथम : Jana Aawaj News
Oplus_16908288

भक्तपुर । ईप्सन (EPSON) भक्तपुरद्वारा शुक्रबार आयोजित जिल्लास्तरीय एकल लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलकि मनिराले प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।

जिल्लाका विभिन्न विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै मनिराले प्रथम स्थान हासिल गरेकी हुन्। उनको आकर्षक नृत्य, उत्कृष्ट तालमेल, भावभङ्गी तथा नेपाली मौलिक संस्कृतिको झल्को दिने प्रस्तुतिले निर्णायक मण्डल र दर्शकको मन जित्न सफल भएको थियो।

नेपाली मौलिक कला, संस्कृति तथा लोकपरम्पराको संरक्षण र प्रवर्द्धन गर्नुका साथै विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगितामा प्रथम हुन सफल मनिरालाई आयोजकले ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ। कार्यक्रममा ईप्सन भक्तपुरका प्रतिनिधिहरूले सहभागी सबै विद्यार्थीको प्रतिभाको प्रशंसा गर्दै नयाँ पुस्ताले नेपाली लोकनृत्य र सांस्कृतिक परम्परालाई जीवन्त राख्न खेलेको भूमिकाको सराहना गरेका थिए।

मनिराको यस सफलताले विद्यालय, अभिभावक तथा शुभेच्छुकहरूमा खुसी छाएको छ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 ईप्सन भक्तपुरको एकल लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलकि मनिरा प्रथम
2 हिमाल एकेडेमीमा इप्सन समूहगत तथा एकल लोकनृत्य प्रतियोगिता सम्पन्न
3 सूर्यविनायकमा नगरस्तरीय बाल प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न
4 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x