नागरिक समाजका संस्थाहरु बिच अनुभव तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न | Jana Aawaj News

नागरिक समाजका संस्थाहरु बिच अनुभव तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
नागरिक समाजका संस्थाहरु बिच अनुभव तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न : Jana Aawaj News

ललितपुर । मानव अधिकार संचार प्रतिष्ठान नेपालको आयोजना र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा ललितपुरको समन्वयमा जिल्लामा क्रियाशिल नागरिक समाजका अगुवाहरु, स्थानीय तहका जनप्रतिनिधिहरु लगायतको उपस्थितिमा ललितपुर भित्र क्रियाशिल नागरिक समाज संघ संस्थाहरुको तर्फबाट आमा मिलन केन्द्र, छोरी, शान्ति नेपाल, अन्तर धार्मिक राष्ट्रिय संजाल र इह्रिकन सहित पाँच वटा संस्थाहरुले आफ्नो संस्थाको विषयमा परिचय, उद्देश, कार्यक्षेत्र, हाल सम्पन्न कार्यक्रमहरु, भावी कार्ययोजना, संस्थाको गतिविधिले पारेको प्रभाव, सिकाई, चुनौतिहरु, उपलब्धीहरु, सहित प्रत्येक संस्थाले आ–आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो ।

यस्तै प्रस्तुतिकरण प्रश्चात कार्यक्रममा गैसस महासंघ जिल्ला शाखा ललितपुरका अध्यक्ष टिकाराम दाहालले यस्ता सिकाई तथा अनुभव आदान प्रदान कार्यक्रमहरुले अझै नागरिक समाज संघ संस्थाहरुलाई काम गर्न र अगाडि बढ्न थप हौसला, प्रेरणा मिल्ने र एक आपसमा हातेमालो गरेर अगाडि बढ्दै जान सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

साथै, कार्यक्रमको सभाध्यक्ष इह्रिकनका अध्यक्ष मीना शर्माले समान उद्देश लिएर समाजमा क्रियाशिल संघ संस्थाहरु विच सिकाई अनुभव आदान प्रदान कार्यक्रमले एक आपसमा जान्ने बुझ्ने र संस्थाहरु विच समन्वय सहकार्य गर्न सहज हुने एकले गरेको कार्यक्रममा अर्कोले साथ सहयोग गर्ने एक आपसमा हातेमालो गरेर अगाडि बढ्न मद्दत पुग्ने कुरा व्यक्त गर्दै परियोजना प्रश्चात पनि इह्रिकन सामाजिक संस्थाहरु सँगसँगै हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न