नयाँ वर्षको अवसरमा भक्तपुर औद्योगिक व्यापार मेला हुने | Jana Aawaj News

नयाँ वर्षको अवसरमा भक्तपुर औद्योगिक व्यापार मेला हुने

पढ्न लाग्ने समयः < 1 मिनेट
नयाँ वर्षको अवसरमा भक्तपुर औद्योगिक व्यापार मेला हुने : Jana Aawaj News

भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा छैठौँ भक्तपुर औधोगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८ र ०७९ को आयोजना गर्ने भएको छ । संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दिप महतले कोभिड–१९ का कारण दुई वर्ष मेला आयोजना हुन नसके पनि यस वर्ष भने मेला आगामी चैत्र २४ गतेदेखि बैशाख ४ गतेसम्म ११ दिनसम्म मेला सञ्चालन हुने बताउनुभयो ।

साथै नयाँ वर्षको अवसरमा आयोजना गर्न लागेको मेलामा एउटै छानामुनी उपभोक्ताले चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउने उदेश्यले बृहत औद्योगिक तथा व्यापार मेला आयोजना गर्न लागेको उहाँले जाकारी दिनुभयो । भक्तपुरको सल्लाघारी स्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गामा मेलाको आयोजना गरिने जानकारी दिदै उहाँले मेलामा २०० भन्दा बढी स्टल रहने बताउनुभयो ।

यस्तै मेलाका संयोजक दीपक थापाले मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण उपभोग्य सामग्रीह औधोगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, ग्रामिण प्रविधि, अटो मोवाइल, विद्युतीय मेशिन कृषि औजार, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको प्रर्दशनी, साँस्कृतिक, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाँडाकुडाको प्रर्दशनी, एशियाकै उत्कृष्ठ बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा विविध प्रस्तुती रहने संयोजक थापाले जानकारी गराउनुभयो ।

उक्त मेलामा राखिने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिदै उहाँले करिब मेलामा पाँच लाख भन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ, भने करिब ८ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो । मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटी पिङ्ग, रेन्जर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउ तथा बच्चाको खेलौना, राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य, नृत्य तथा गीत गायनको प्रस्तुती रहने जानकारी दिदै उहाँले नृत्य प्रतियोगितासमेत गरिने बताउनुभयो ।

मेलामा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दा यसबाट लाभ लिन सक्नेछन् भने, मेलामा प्रवेश गर्नका लागि विद्यार्थीलाई रु. ४० र अन्यका लागि रु. ५० शुल्कको व्यवस्था गरिएको मेलाका आयोजकले जानकारी दिएका छ ।

+ posts

 

 

ताजा
1 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
2 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
3 भक्तपुरमा भव्य रूपमा मनाइयो २२ औँ विश्व रक्तदाता दिवस
4 सिरुटारमा प्रथम वडास्तरीय दौड प्रतियोगिता सम्पन्न, १६५ बालबालिकाको सहभागिता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न