आसेजद्वारा बागमती करिडोर मकलबारीमा वृहत सरसफाई कार्यक्रम सम्पन्न | Jana Aawaj News

आसेजद्वारा बागमती करिडोर मकलबारीमा वृहत सरसफाई कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
आसेजद्वारा बागमती करिडोर मकलबारीमा वृहत सरसफाई कार्यक्रम सम्पन्न : Jana Aawaj News

भक्तपुर । आसेजद्वारा गत बिहिवार वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । करीब तीन सय जना आसेजका स्वयंसेवकहरुले काठमाडौँ गोकर्णेश्वरको बागमती करिडोर मकलबारी क्षेत्रको वरपर सरसफाई गरिएको हो । उक्त कार्यक्रममा स्वयंसेवकहरुले यत्रतत्र छरिएका फोहोरहरु संकलन गरी महानगरलाई बुझाईएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय उर्मिला माझीले सरसफाई बिना पृथ्वीलाई यतिकै छोडिदियौँ भने मानव बसोबास योग्य नहुने कुरा व्यक्त गर्नुभएको थियो । हामीले नगरे कसले गर्ने राम्रो काम जसले गरेता पनि असल कार्यमा आफ्नो पुर्ण समर्थन रहेको बताउनुभयो । उहाँले अहिलेको युवा पुस्ता आमा बुबाले भनेको नमानेर गलत बाटोमा अग्रसर भएको देख्दा आफुलाई चिन्ता लाग्ने गरेको तर आसेजका विश्वविद्यालय अध्ययन गर्ने विद्यार्थीहरुले समाजमा छाप छोड्ने असल कार्य गरेको देख्दा आफ्नो सोचाईमा परिवर्तन आएको समेत बताउनुभयो ।


त्यस्तै बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी प्रमुख उद्धव प्रसाद तिमिल्सिनाले आसेजले गरेको कार्य आफैमा सह्रानीय रहेको बताउनुभयो । त्यस्तै गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिजालले युवा शक्तिले नै देश बदल्न सक्ने भएकोले आसेजको कार्यले नेपाल एक दिन सफा सुन्दर र हराभरा नेपालमा परिवर्तन हुने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।


कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्द लाल श्रेष्ठ, पत्रकार महासंघका महासचिव सन्तोष पौडेल लगाएतको सहभागीता रहेको थियो ।
आसेजले विश्वभरी बढ्दै गइरहेको कार्बन उत्सर्जन न्यूनीकरण गरी पर्यावरण संरक्षण गर्ने गरेको र यस किसिमको मानवहितको गतिविधि चाहिँ मानव जातिको उज्ज्वल भविष्य र स्वच्छ पृथ्वीलाई सुरूदेखि अन्त्यसम्म बचाऔं (SAVING the EARTH From A TO Z)  भन्ने परियोजनाका केही अंश हुन् । आसेजले अपराध रोकथाम (Crime Prevention)  समाजकल्याण (SOCIAL WELFARE) वातावरणीय संरक्षण (ENVIRONMENTAL PRESERVATION) र आकस्मिक राहत (EMERGENCY RELIEF)  प्रदान गर्दछ ।

ASEZ परमेश्वरको मण्डलीसँग सम्बद्ध छ । परमेश्वरको मण्डली, विश्वका १७५ देशहरूका ७,५०० भन्दा बढी क्षेत्रहरूमा अवस्थित छ । परमेश्वरको मण्डलीले बाइबलको शिक्षा अनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । परमेश्वरको मण्डलीले कोरियामा मात्र नभएर आमाको मनद्वारा विश्व भरिनै पिछडिएका छिमेकीलाई रक्तदान अभियान र मानवीय सेवा गर्ने जस्ता गतिविधिहरू गर्दैआएको छ । यसरी सक्रिय स्वयं सेवा कार्य गरे बापत परमेश्वरको मण्डली कोरिया, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, र ब्राजिलका सरकारी तथा गैर–सरकारी संस्थाहरूबाट ३,८०० भन्दा बढी मेडल, प्रशंसापत्र र कदर पत्रद्वारा सम्मानित भैसकेको मण्डलीले जानकारी गराएको छ ।

+ posts