
सुनसरी / परमेश्वरको मण्डली विश्व सुसमाचार सामाज सुनसरीको इटहरीमा विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ASEZ द्वारा आयोजित शिखर सम्मेलन तथा विश्व शान्ति कन्सर्ट सम्पन्न भएको छ।
उक्त कार्यक्रममा वातावरण र जलवायु परिवर्तनका विविध पक्षहरूबारे चर्चा गरिएको थियो। कार्यक्रममा पृथ्वी पुर्नस्थापना परियोजना (Earth Recovery Project) लगायतका विषयहरूमा विस्तृत छलफल गरिएको थियो। ASEZ का अनुसार यो परियोजनाले विश्वव्यापी रूपमा बढिरहेको भूमि क्षयीकरण, मरुभूमिकरण, र खडेरीको सामना गर्न सचेतना अभिवृद्धि गर्ने र सहभागिता बढाउने उद्देश्य राखेको छ।
कार्यक्रममा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालका अध्यक्षा तेजेन्द्र गौतमले मन्तब्य राख्नुभएको थियो ।
यसैगरी कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि रेवतिरमण भण्डारी, इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता कुमारी चौधरी, विश्व आदर्श कलेजका प्राचार्य गणेश कुमार दुलाल, तथा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपाल संगठन प्रदेश १ का प्रमुख सुमन योञ्जनलगायतले आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कोसी प्रदेशका समाज विकास मन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्य रोहित बहादुर कार्की, र पूर्व स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु लगायत ४२० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो। गायन तथा साङ्गितिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएकाे थियाे।
ASEZ ले जलवायु परिवर्तनविरुद्ध विश्वका विभिन्न स्थानहरूमा गतिविधि, सामुदायिक सेवाकार्य, आपतकालीन राहत कार्य, र अपराध रोकथाम सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। नेपालमा यसले वृद्धवृद्धाहरूको रक्तचाप जाँच, स्वास्थ्य परीक्षण, तथा सरसफाइ अभियानहरू समेत आयोजना गर्दै आएको छ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news