मध्यपुर महोत्सव आजबाट शुरु (तस्बिरमा हेर्नुहोस्) | Jana Aawaj News

मध्यपुर महोत्सव आजबाट शुरु (तस्बिरमा हेर्नुहोस्)

पढ्न लाग्ने समयः 3 मिनेट
मध्यपुर महोत्सव आजबाट शुरु (तस्बिरमा हेर्नुहोस्) : Jana Aawaj News

जन आवाज न्युज भक्तपुर । “पर्यटन विकासका लागि मध्यपुर महोत्सव” भन्ने उद्देश्यका साथ शुक्रबारबाट भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा मध्यपुर महोत्सव–२०८१ शुरु भएको छ ।


आजको उक्त कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्दै ३ दिन सम्म संचालन हुने महोत्सवको माध्यमाद्धारा यस ठाँउको कला संस्कृति र परम्पराको अद्वितीय संगम स्थल रहेको मध्यपुर महोत्सवले ठुलो प्रभाव पार्ने बताउनुभयो । यस प्रकारको महोत्सवलाई विभिन्न ठाँउहरुमा संचालन गर्नुपर्ने बताउनुभयो । नेवारी परम्परामा भएको मौलिक परिकारहरुको प्रर्दशन गर्ने अवसर भएकोले महोत्सवको भव्य सफलताको शुभकामना दिनुभयो ।


आजदेखि शुरु भएको महोत्सवमा स्थानीय प्रशासन, सामाजिक संघ संस्था, र स्थानीय समुदायको समन्वय र सहकार्यमा महोत्सव प्रभावकारी बनाउने योजनाका साथ तयारी भएको आयोजक समितिले जानकारी गराएको छ ।


महोत्सवमा स्थानीय परम्परा स्थानीय कला, संस्कृति, र परम्पराको अद्वितीय संगम स्थल रहेको मध्यपुर महोत्सवमा विभिन्न आकर्षकका केन्द्रबिन्दु रहेको छ । महोत्सवमा शंखधर चोकदेखि बोडेको टिगनिसम्म करिब ५.५ किलोमिटरको दुरीसम्मको स्थानहरुमा त्यहाँका कला, सिप देखाउने स्टलहरु तयार गरिएको छ ।

महोत्सवमा माटोको भाँडा बनाउने, मुकुण्डो बनाउने, चिउरा कुट्ने, तेल पेल्ने, परम्परागत मदिरा बनाउने, खानाको परिकार बनाउने, कपडा बुन्ने, बत्ती काट्ने, धूप बाट्ने, खेती गर्ने, पिठो पिस्ने, चामल कुट्ने, गेडागुडीको व्यापार, मूर्र्तीकला, हस्तकलाको पनि अवलोकन गर्न सकिने छ ।


यसैगरी भजनकीर्तन, पूजा, वृद्ध तथा बालबालिकाको खेल, बाँसुरी बाजासहित नगर परिक्रमा, धिमेबाजा प्रदर्शन गरिने बताइएको छ । महोत्सवमा नेवारी मौलिक परिकारका साथै साँस्कृतिक प्रदर्शनी अन्तर्गत नेवाः भ्वयका प्रकारहरू, मध्यपुरसँग सम्बन्धित पुस्तक, गेडागुडी, नेवाःसमाजको जीवनशैलीसँग सम्बन्धित भेषभुषा, भाँडाकुँडा तथा औजारहरू, बाजागाजा प्रदर्शनी गरिने छ ।

 

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न