भक्तपुरमा युवतीको शव फेला | Jana Aawaj News

भक्तपुरमा युवतीको शव फेला

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरमा युवतीको शव फेला : Jana Aawaj News

भक्तपुर । भक्तपुरमा मोटरसाइकलले थिचेको अवस्थामा युवतीको शव फेला परेको छ । बुधबार दिउसो १६ः३० बजे सुर्यविनायक नगरपालिका-९ पलासे फनभ्याली नजिक मोटरसाइकल दुर्घटना भई सोहि मनेटरसाइकलले थिचेको अवस्थामा प्रहरीले महिलाको शव फेला पारेको जनाएको छ ।

उक्त शव छ भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोली घट्नास्थल पुगेको थियो । त्यस क्रममा प्रहरीले अरनिको राजमार्गको साँगाबाट जगातीतर्फ आउने बाटोको साईडमा सडकवाट करिव ३० फिट तल खसेको अव्यवस्थामा प्रदेश २–०३-०१९ प १०५८ नं.को बुलेट मोटरसाइकल दुबै पाङ्ग्रा उत्तानो परी  महिलालाई थिचेको अवस्थामा फेला पारेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा निज मृतक युवती नवलपरासी जिल्ला कावासोति घर भई हाल काठमाण्डौ कोटेश्वर बस्ने बर्ष २२ कि ममता सुबेदी रहेको प्रहरीले जनाकारी दिएको छ । शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न