खैरहनिमा नवौं खिचरा महोत्सव २०८० शुरु | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

खैरहनिमा नवौं खिचरा महोत्सव २०८० शुरु

पढ्न लाग्ने समयः 3 मिनेट
खैरहनिमा नवौं खिचरा महोत्सव २०८० शुरु : Jana Aawaj News

नारायण थापा

चितवन । पूर्वी चितवनमा थारु समुदायको कला, संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न ‘नवौं खिचरा महोत्सव’ २०८० सुरु भएको छ ।

स्थानीय थारु समुदायले मनाउने खिचरा पर्वको अवसर पारेर खैरहनी नगरपालिका–५ गौचरनमा आदिवासी धर्ती पुत्र समेत भनिने सुमदाय थारुहरुले माघ एक गतेलाई नयाँ वर्षका रुपमा ‘खिचरा पर्व’ मनाउने चलन रहेको छ ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले खिचराको अवसरमा हरेक वर्ष महोत्सव गर्दै आएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरीएको महोत्सवमा एक सय ५० स्टल रहेका छन् ।

उक्त महोत्सवमा थारु समुदायको हस्तकलाका सामग्री ढकिया, कटिया, धौरी, लोप हुन लागेका सामग्री कोलु तेल पेल्ने ढेकी, धान कुट्ने, काठका गाडा, तुहारी चामल राख्ने भाँडा, पटही धान राख्ने भाँडा तथा परम्परागत गहना, खाना, वेशभूषा, भाषा, साहित्य तथा परिकारहरू थारू समुदायको कला, संस्कृति सगैँ महोत्सव स्थलमा घुँगी र प्वाकाको प्रतिमा त्यहाँ पुग्ने दर्शकका लागि महोत्सवको आर्कषण बनेको छ ।

महोत्सवमा घुँगी, घओगा, काकारा गँगटा, सितुवा, चिचर, प्वाका, नग्गर रोटी, लोकल माछा, हाँसको मासुसहितका थारू सामुदायले खाने परिकारहरुको स्वाद लिन पाईन्छ । यसका साथै थारु समुदायका परिकारहरु घोँगी, हाँस, माछा, अनदी चामललाई बफाएर बनाइने परिकार चिच्चर र त्यसलाई भोर्ला या केराको पातमा बेरेर बनाएको पोका बेच्न राखेका खाना र परिकारका स्टलहरु पनि महोत्सवमा राखिएका छन् ।

महोत्सवमा हरेक दिन थारु समुदायको मौलिक परम्परागत प्रचलित ठेकरा, झमटा, झुमरा, रसधारी, झररा, लाठी, झर्रा, डफु नाँच जस्ता साँस्कृतिक नृत्यहरु हुने आयोजक समितिले जानकारी गराएको छ ।

चितवनमा विभिन्न ठाउँमा आर्थिक कृयाकलाप बढाउने उद्देश्यले मेला महोत्सव हुने गरे पनि आदिवासी थारु समुदायको कला संस्कार संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न थारु कल्याणकारिणी सभाले खिचरा महोत्सव सुरु गरेको आयोजक टिमले बताएको छ ।

महोत्सवमा थारु संस्कृतिका साथै जिल्लाको कृषि र आर्थिक क्षेत्रलाई पनि टेवा दिन महोत्सव परिसरमा उद्योग, ब्यापार, कृषि र पर्यटनसँग सम्बन्धित १५० वटा स्टलहरु रहेको मुल आयोजक समितिका संयोजक रामेश्वर चोधरीले जानकारी दिनुभएको छ । उक्त महोत्सव पुष २८ गते शनिबारदेखी माघ १० गतेसम्म संचालन हुनेछ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
2 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
3 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
4 अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x