सुर्यविनायकमा परमेश्वरको मण्डलीद्धारा ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ अभियान शुरु | Jana Aawaj News

सुर्यविनायकमा परमेश्वरको मण्डलीद्धारा ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ अभियान शुरु

पढ्न लाग्ने समयः 5 मिनेट
सुर्यविनायकमा परमेश्वरको मण्डलीद्धारा ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ अभियान शुरु : Jana Aawaj News

नारायण थापा
भक्तपुर । भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं ८ मा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजकोे ६० औं वार्षिकोत्सव तथा वातावरण दिवसको उपलक्ष्यमा कार्बन न्युनीकरण परियोजना ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ अभियान अन्तर्गत प्लास्टिक संकलन तथा वातावरणीय चेतना अभिवृद्धि कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले सुर्यविनायक नगरपालिकाले सरसफाई कार्यक्रममा यक्वद्धता जनाउने बताउनुभयो । अहिले पृथ्वीमा जलवायु परिर्वतन भएकोले दिनप्रदिन तापक्रम बढिरहेको छ । यो अभियान जल वायु परिर्वनसँग जोडिएको हुनाले ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ अभियानमा हामी सबै सजग हुनुपर्ने बताउनुभयो । साथै समुदायमा फालिएको प्लास्टिक हटाउने अभियान गरिरहँदा यसलाई अभियानको रुपमा लानको लागी प्लास्टिकको प्रयोगलाई हामी आफैले कमी ल्याउन पहल गनुपर्नेमा जोड दिनुभयो । दैनिक जीवनमा प्रयोग गर्दै आइहेको प्लास्टिकको सट्टा कागजबाट बनेको र कपडाबाट बनेको प्लास्टिकको मात्र प्रयोग गर्नुपर्ने बताउनुुभयो ।

कार्यक्रममा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालका अध्यक्ष तेजेन्द्र गातमले संयुक्त राष्ट्रसंघद्वारा तोकिएको विश्व वातावरण दिवसको सम्झनामा कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ नामक अभियान सुरु गरेको बताउनुभयो । मण्डलीको वार्षिकोत्सवको उपलक्ष्यमा विश्वव्यापी आशा च्यालेन्जको एक हिस्साको रूपमा जलवायु परिवर्तन विरुद्धको प्रतिक्रिया हो ।


जलवायु सङ्कटले प्रकृति र मानवताको सह-अस्तित्वलाई नै जोखिममा पारिदिएको यस्तो सङ्कटकालीन घडीमा, परमेश्वरको मण्डलीले आफ्नो मण्डली रहेको विश्वका विभिन्न ठाउँहरूमा जून महिनाभरि व्यापक रूपमा कार्बन न्यूनीकरण गतिविधिहरू सञ्चालन गरिरहेको छ । योचाहिँ कार्बन उत्सर्जन घटाउनको निम्ति स्थानीय समुदायको सार्वजनिक निजी साझेदारी मार्फत जलवायु परिवर्तन प्रतिक्रिया गतिविधिहरूको विकास गर्ने लक्ष्य अन्तर्गत रहेको छ ।


यो अभियानमा समुद्र तथा नदीको तट सरसफाइलाई समेट्ने प्लास्टिक फुटप्रिन्ट हटाउने अभियान, वृक्षारोपण र वन सरसफाइलाई समेट्ने ‘आशाको वन’ अभियान र कार्बन न्यूनीकरणलाई दैनिक जीवनको एक हिस्सा बनाउन प्रवर्धन गर्ने ‘३६५ आशाको पाइला’ अभियान समावेश छन् ।

तीमध्ये आजको गतिविधिचाहिँ प्लास्टिक फुटप्रिन्ट हटाउने अभियानमा केन्द्रित रहेको छ । संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम ग्ल्भ्ए का अनुसार, प्रत्येक वर्ष १ करोड मेट्रिक टन प्लास्टिकजन्य फोहोरहरू समुद्रमा फालिने गरिन्छ ।
उत्पादनदेखि लिएर विसर्जनसम्म प्लास्टिकले हरितगृह ग्याँसहरू उत्सर्जन गर्दछ, जसले जलवायु परिवर्तनलाई गति दिन्छ । प्लास्टिक फुटप्रिन्ट भन्नाले मानव जातिले प्रयोग गरेर विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ । यसलाई न्यूनीकरण गर्ने प्रयासस्वरूप परमेश्वरको मण्डलीले प्लास्टिक फुटप्रिन्ट हटाउनेु अभियान सञ्चालन गरिरहेको छ ।


पहिलो, पारिस्थितिक प्रणाली प्रदूषण हुनबाट रोक्नको निम्ति समुद्र तथा नदीहरूमा बग्ने प्लास्टिकजन्य फोहोरलाई सङ्कलन र वर्गीकरण गर्ने । दोस्रो, एकल प्रयोग सामग्रीहरूको सट्टा टम्बलर, किनमेल झोला जस्ता पुनः प्रयोग वस्तुहरूको प्रयोग गरेर प्लास्टिकको अनावश्यक उपभोगलाई न्यूनीकरण गर्ने । तेस्रो, प्लास्टिकको प्रयोग र हरितगृह ग्याँस उत्सर्जनलाई न्यूनीकरण गर्न, कुनै सामान खरिद गर्दा वातावरणमैत्री वस्तु चयन गर्ने । चौथो, कार्बन न्यूनीकरण गतिविधिमा सहभागी हुन छिमेकीहरूलाई प्रोत्साहन दिने र वातावरणीय समस्यासम्बन्धी जनचेतना फैलाउने । यस अभियानमार्फत, पृथ्वीमा खोपिएको प्लास्टिकको फुटप्रिन्टलाई हटाउने आशा गरेका बताउनुभयो ।
साथै सन् २०२४ मा विश्वका १७५ वटा राष्ट्रका ७,५०० क्षेत्रमा रहेको परमेश्वरको मण्डलीले ६० औं वार्षिकोत्सवको उपलक्ष्यमा संसारको नून र ज्योति बन भन्नुहुने परमेश्वरको शिक्षाअनुसार विश्वव्यापी गाउँमा आशाको पाइला अगाडि बढाइरहेको बताउनुभयो ।


कार्यक्रममा नेम्सेम्याकका फिल्ड इन्चार्ज सुबास ढकालले यो अभियानले प्लाष्टिक मैत्री वातावरण बनाउने भुमिका खल्ने बताउनुभयो । पृथ्वी हामी सबैको साझा घर भएकोले हामी सबै मानवले मानवको भुमिका निर्भाह गर्नुपर्नेमा जोड दिनुभयो । जनचेतनामुलक प्याम्प्लेटबाट पनि प्लाष्टिकले हाम्रो जनजीवनमा कति नकारात्मक भुमिका खेलेको रहेछ, जानकारी गराइएको बताउदैं प्लाष्टिकको प्रयोगलाई घटाउन यस्ता खालका कार्यक्रम गरेकोले खुशी व्यक्त गर्नुभयो । परमेश्वरको मण्डलीले यो अभियान संचाललन गरेको छ, पृथ्वी हामी सबैको साझा हो, त्यसैले हामी सबै मिलेर यो अभियानलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो ।

 

बुधबार आयोजना गरिएको उक्त कार्यक्रममा ३ सय जना मण्डलीका सदस्यहरुको सहभागिता रहेको थियो । साथै ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ कार्यक्रममा १ सय बोरा ‘प्लास्टिक जन्य फोहोर संकलन गरिएको थियो ।

 

+ posts
ताजा
1 नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री ओली
2 मालपोत भक्तपुरका प्रमुख २४ लाख घुस सहित पक्राउ
3 मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री ओली
4 स्वास्थ्यमन्त्री किरण थापाद्वारा कटुञ्जेको घट्टेखोला खाेला अनुगमन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न