नारायण थापा
भक्तपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह आसेज ASEZ द्वारा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
आज ८,१७४ औं विश्वव्यापी वातावरण सरसफाइ अभियान ASEZ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समुहले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ स्थित चार दोबाटोदेखि गठ्ठाघर चोकसम्म सडक र सडक किनारामा रहेको सम्पूर्ण फोहोरहरु संकलन गरेका छन् ।
सरसफाइ कार्यक्रममा विश्व विद्यालयमा अध्ययनरत आसेजकाविद्यार्थीहरू कुल १ सय जना भन्दा बढीको प्रत्यक्ष रुपमा सहभागिता रहेको थियो ।
आजको कार्यक्रममा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज आसेजका संयोजक सुरज उप्रेदी, उपत्यकामा रहेको पोखरा विश्व विद्यालय अन्र्तगत भक्तपुरका आसेजका अध्यक्ष ओम प्रकाश जंग शाह, कोटेश्वर मल्टिपल क्याम्पसका अध्यक्ष रितु कुमाल र भक्तपुर मल्टिपल क्याम्पसका अध्यक्ष उसा गदाल तथा आसेजका सदस्यहरुको साथै प्रहरी वृत्त ठिमीका प्रहरी हवल्दारमा यज्ञ बहादुर भुजेल र महेश खंग, प्रहरी जवानमा सतेन्द्र यादब र जीवन खत्रीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज भक्तपुरको शाखामा औपचारिक कार्यक्रम आयोजना गरी सहभागीहरूलाई परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थीहरूको स्वयंसेवक संगठन आसेजले विश्वभर गरिरहेको विभिन्न क्रियाकलापको परिचय गराइनुका साथै आयोजित कार्यक्रमको महत्व र आवश्यकताका विषयमा जानकारी गराइएको थियो । हरियो टिसर्ट धारी जोशीला युवाहरूले फटाफट सडकमा र सडक छेउछाउ वरपर जथाभावी फ्याँकिएका गुट्काका खोलहरू, फोहोर खाली बोटलहरु, सिसीहरू, प्लाष्टिकहरु लगायत थुप्रै जैविक तथा अजैविक फोहोरहरु संकलन गरी कुल ३० बोरा फोहोरहरू सङ्कलन गरेका थिए ।
८,१७४ औं पटक गरिएको विश्वव्यापी वातावरण सरसफाई यो अभियान संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य प्राप्तिका निमित्त आसेजले गर्ने विश्वव्यापी वातावरण सरसफाईको एउटा भाग हो । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्र्थी स्वयंसेवक संगठन आसेजले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य प्राप्तिका निम्ति दिगो विकास लक्ष्यका लक्ष्य नम्बर ११, १२, १५, १६ र १७ मा विशेषत आधारित रहेर ए बि सी मोभ्मेन्ट, जनचेतना अभिवृद्धि वृक्षारोपण अपराध न्यूनीकरण, विपत्तिमा राहत प्रकोप उद्धार जस्ता थुप्रै विविध गतिविधिहरु गर्दै आइरहेको छ ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बाइबलमा गवाही दिइएको पिता परमेश्वर अनि माता परमेश्वरमाथि विश्वास गर्ने एकमात्र मण्डली हो । यो मण्डली हाल विश्वभरि कुल ३७ लाख दर्जित सदस्यसहित १७५ वटा राष्ट्रहरूका ७,५०० वटा भन्दा बढी क्षेत्रमा विस्तार भएको एकमात्र वैधानिक मण्डली हो । परमेश्वरको मण्डली बाइबलमा उल्लेखित शबाथ दिन, निस्तार चाड लगायत नयाँ करारका तीन चरणका सातवटा चाडहरू पालन गर्ने संसारको एकमात्र वैधानिक मण्डली पनि हो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news