२१ वर्ष ४ महिना पुरानो सौर्यको विमान दुर्घटना | Jana Aawaj News

२१ वर्ष ४ महिना पुरानो सौर्यको विमान दुर्घटना

पढ्न लाग्ने समयः 2 मिनेट
२१ वर्ष ४ महिना पुरानो सौर्यको विमान दुर्घटना : Jana Aawaj News

काठमाडौं । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा २१ वर्ष ४ महिना पुरानो सौर्यको विमान दुर्घटना भएको छ ।

तस्बिर : दीपेन्द्र ढुंगाना

५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको थियो । प्लेन्सपोट्टर्सडटकमका क्यानेडियन विमान निर्माता कम्पनी बम्बार्डियरले यो विमान सन् २००३ अप्रिलमा तयार पारेको थियो ।

बम्बार्डियरले सन् २००३ मे मा सो विमान अमेरिकी वायुसेवा प्रदायक कम्पनी एट्लान्टिक कोस्ट एअरलाइन्सलाई बेचेको थियो । एट्लान्टिक कोस्ट एअरलाइन्सले अगष्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाई सो विमान बेचेको थियो ।

इन्डिपेन्डेन्स एअरबाट सन् २००७ जुनमा किनेर नाइजेरियाको अरिक एअरले यो विमान सन् २००८ अप्रिलसम्म उडाएको थियो । अरिक एअरबाट दक्षिण अफ्रिकाको एसए एक्प्रेसले अप्रिल २००८ मा यो विमान किनेको रेकर्डमा देखिन्छ । त्यसपछि पुनः अमेरिकाको एरोलिजले सन् २०१७ जनवरीमा लिएर नेपालको सौर्य एअरलाइन्सलाई २०१७ मार्चमा बेचेको थियो ।

सौर्य एअरलाइन्सले यही एउटा विमानबाट आन्तरिक उडान भरिरहेको थियो । भएको एउटै विमान दुर्घटनामा परेपछि सो वायुसेवा प्रदायक कम्पनी अब विमानविहीन बनेको छ ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न