भक्तपुर । भक्तपुर क्षेत्र नं २ ‘क’ प्रदेश सभा सदस्य माननीय किरण थापा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको छ ।
एमालेको भागमा परेको ६ वटा मन्त्रालय मध्ये एमाले भक्तपुरका जुझारु एवं विकासप्रेमी युवा नेता किरण थापालाई नेकपा एमालेले स्वास्थ्य मन्त्रीमा सिफारिस गरेको छ ।
यसैगरी वागमति प्रदेश सरकारले आजै मन्त्रीमण्डल बिस्तार गर्ने भएको छ । जसमा एमालेबाट किरण थापा सहित काठमाडौंका प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपंक्षी मन्त्रालय, काठमाडौंकै अमन कुमार मास्केलाई भौतिक पूर्वाधार मन्त्रालय, ललितपुरका प्रेम भक्त महर्जनलाई श्रम तथा रोजगार यातायात मन्त्रालय, सिन्धुलीका सुकमाया तामाङलाई उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र चितवनका कृष्णप्रसाद सिलवाललाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईएको बताइएको छ । यसका लागि एमालेले मन्त्रीमा सिफारिस गरेको हो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news