काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZ ले सुमधुर चेम्बर सङ्गीत र गायन टोलीद्वारा दिगो मानव खुशीको गीत प्रस्तुत गरेको छ ।
सोमबार ललितपुर परमेश्वरको मण्डलीमा विशेष कन्सर्टको आयोजना गरिएको हो । उक्त कार्यक्रममा नेपाल परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थी स्वंयमसेवक संगठन आसेजका निम्ति कार्यक्रम सभाध्यक्ष अधिवक्ता गणेश कुमार खनालले “विश्वविद्यालय विद्यार्थीहरूले दिगो विश्व वातावरण र मानव-जातिको खुशीलाई प्रवद्र्धन गर्ने ASEZ को परिचय दिँदै, ASEZ द्वारा सञ्चालित विभिन्न क्याम्पेनहरूमा सबैको सहभागितालाई सक्रिय पार्न सुन्दर प्रदर्शनी र गायनहरू प्रस्तुत गर्न निकै मेहनत गरेका विद्यार्थीहरूको प्रशंसा गर्नुभयो । आगामी दिनहरूमा विश्वव्यापी गाउँको उज्वल भविष्यको निम्ति यस कार्यक्रमले सबैको मनलाई एकजुट गराउनेछ भन्ने आशा व्यक्त गर्नुभयो ।”
उक्त कार्यक्रममा काठमाडौं, पुतलीसडक, भक्तपुर, जोरपाटी, गोदावरी इत्यादि विभिन्न क्षेत्रबाट आएका ASEZ सदस्य र सहकर्मीहरू, सिनियर र जुनियर विद्यार्थीहरू करीब ४५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले “आसेजले कुरामा मात्र होइन काममा पनि अनवरत रुपले लागि परेर वातावरण संरक्षण परोपकार अनि स्वयंसेवामा उदाहरणीय बन्न सकेको छ” भन्दै ASEZ लाई प्रोत्साहन दिनुभयो । वन तथा वातावरण राज्य मन्त्री रूपा वि.क.ले यस्तो खालको कार्यक्रम नागरिक स्तरमा विद्यार्थीहरूबाट हुनु भनेको आफैमा अद्वितीय र अत्यन्तै सराहनीय भएको बताउनुभयो । यस्तो गतिविधिले व्यक्तिवाद हावी हुँदै गएको समाजमा अरुको निम्ति बाँचिदिने सोचिदिने छिमेकीहरु पनि छन् भन्ने कुराको आभाष दिलाएर समाजमा अनि मुलुक परिवर्तनमा अत्यन्तै ठूलो गुण लगाएको भन्दै प्रशंसा गर्नुभयो । त्यति मात्र नभएर आशेषका स्वयंसेवक विद्यार्थीहरूको स्वरूप अत्यन्तै अनुकरणीय र उदाहरणीय छ जसले भोलिको दिनमा भोलिको दिनमा प्रकृति संरक्षण सम्बर्धन र मानव सेवामा कोसे ढुङ्गो साबित हुन्छ । अनि नीतिनिर्माण गर्ने तह तप्कासम्म सकारात्मक पहलकदमी गर्न सक्ने कुरा व्यक्त गर्नुभयो । त्यसै गरी काठमाडौँ विश्वविद्यालयका वातावरण विभागका डिन डाक्टर बिमप्रसाद श्रेष्ठले यस्तो खालको गतिविधि नेपालमा आसेजले विगत एक दशकदेखि गर्दै आएकोमा यो अनवरत प्रयासको निम्ति जति तारिफ गरे पनि कम हुने उल्लेख गर्नुभयो ।
त्यसैगरी बागमती प्रदेश सभा सदस्य माननीय उर्मिला लामाले कार्यक्रममा आफ्नो समर्थन दिदै आफूले यस्तो खालको अनुशासित सुव्यवस्थित अनि अर्थपूर्ण कार्यक्रम कहिले पनि नदेखेको भन्दै आश्चर्यचकित भएको बताउनुभयो । साथै कार्यक्रम गर्दा सबै संस्थाहरुले केवल आफ्नो मात्रै प्रोमोसन गर्ने गरेको तर यो संगठनले भने वास्तविक अर्थमा काम गरेर व्यवहारमा नि परिवर्तन ल्याएको देखेर अत्यन्तै प्रभावित भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै संघीय सांसद माननीय रन्जु झाले युवाहरूबाट यस्तो किसिमको कार्यक्रम हुनु भनेको आफूले कल्पना समेत नगरेको बताउनुभयो । अनि यो मण्डलीले जाति धर्म र आफ्नो परम्परा भन्दा माथि उठेर साँचो मनले मानव सेवा गरेको कार्य आफ्नो जीवनमै पहिलो पल्ट देखेको र यस्तो संगठन अनि यहाँका मानिसहरु अत्यन्तै मिलनसार सहयोगी र सेवामुखी भएको बताउनुभयो । साथै दिनहरूमा आफ्नो क्षेत्रमा रहेका युवाहरूलाई पनि परमेश्वरको मण्डलीका स्वयंसेवक विद्यार्थी युवा आसेजहरूसँग भेट गराएर जलवायु जोखिम Climate Risk को बारेमा सचेतना फैलाउन चाहेको इच्छा व्यक्त गर्नुभयो ।
यसका अलावा कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय लिलादेवी बोखिम, ललितपुर जिल्ला समन्वय समितिका उपप्रमुख रामलाल थिङ, त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख डाक्टर दयानिधि छठकुली, भर्खरै विश्वका ८००० मिटरभन्दा अग्ला १४ वटा हिमालहरूको सफल आरोहण गरेका किर्तिमानी आरोही निमा रिन्जी शेर्पा, सगरमाथाको चुचुरोमा कफी बनाएर विश्व रेकर्ड बनाउन सफल महिला आरोही दाबुटी शेर्पा, चित्रकार भरत राई, भूतपूर्व प्रमुख जिल्ला अधिकारी टंक पोखरेल, ललितपुर महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विकासमान श्रेष्ठ तथा वडा सदस्यहरू लगायत थुप्रै प्रतिष्ठित सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता थियो ।
कन्सर्टचाहिँ परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थीहरूको चेम्बर अर्केस्ट्रा र गायन टोलीको सम्मिश्रणमा गरिएको थियो । सुरुमा भायलिन र पियानोको मिश्रित सुमधुर धुनमा १९७४ AD ब्याण्डको प्रसिद्ध गीत “यो मन त मेरो नेपाली हो” प्रस्तुत गरिएको थियो । यसलाई भायलिनतर्फ विजय महर्जन र पियानोतर्फ प्रभात महर्जनले प्रस्तुत गरेका थिए । त्यसैगरी चेलो, भिओला, भायलिन र पियानोको मिश्रित धूनमा ‘मनैदेखि चाहेको’ र ‘अति सुन्दर यो दिन’, प्रस्तुत गरियो । लडविग विथोभनको “फर एलिस”चाहिँ पियानोको एकल सुमधुर धूनमा दर्शकमाझ प्रस्तुत गरियो । एकल प्रस्तुतिलाई पियानोवादक प्रभात महर्जनले प्रस्तुत गरेका थिए । त्यसैगरी चारजना पुरुष र चारजना स्त्रीको गायन टोलीले आशापूर्ण शब्द र धूनले भरिएको ऊर्जाप्रदायक गीत When you Believe’ आदिद्वारा दर्शक–दीर्घालाई प्रभावित तुल्याए । त्यसका साथै पृथ्वीको वातावरणलाई बचाउनको लागि ‘अहिलेदेखि, यहीँदेखि थालौं’ भन्ने सन्देश बोकेको ‘Right Now, Right Here’ ’ गीत मार्फत सबैलाई एकजुट भएर सहरलाई बचाउँदै पुरै पृथ्वीलाई बचाउन अभिप्रेरित गरे ।
कन्सर्टको बीचमा १६ जना विद्यार्थी छात्राहरूको संयुक्त टोलीबाट कोरियाको परम्परागत पङ्खा नृत्य प्रस्तुत गरिएको थियो, र यसले दर्शकहरूबाट अत्यन्तै राम्रो प्रतिक्रिया पाएको थियो । अन्तर्राष्ट्रिय स्वयंसेवक सङ्गठन ASEZ का गतिविधि र त्यसमध्ये पनि ‘पृथ्वी पुर्नस्थापना परियोजना’ जस्ता हरियाली वातावरण क्याम्पेनको परिचय दिँदा यसले सम्पूर्ण सहभागीहरूको मन जित्यो । कार्यक्रममा सहभागी अधिवक्ता निपेश श्रेष्ठलेले “कन्सर्ट भनेको त यस्तो पो हुनुपर्छ त” भन्दै समर्थन जनाए । त्यसैगरी मञ्जुश्री वृद्धाश्रमकी संस्थापक मञ्जु थापा मगरले “अस्ति हाम्रो वृद्धाश्रममा आएर सबैले बिर्सिएका अनि समाजबाट अपहेलित भएका बुवाआमालाई यहाँहरुले आशा दिनुभएको थियो । आज चाहिँ थकित हाम्रो मनलाई नसोचेको राहत र सान्त्वना मिल्यो” भन्दै जोडले ताली बजाइदिए ।
त्यसैगरी कार्यक्रमका अर्का सहभागी नेपाल टेलिभिजनका भूतपूर्व कार्यक्रम प्रस्तोता मनहरी सापकोटाले “नेपालीहरूले पनि विद्यार्थी स्तरबाट यस्तो खालको उत्कृष्ट कार्यक्रम गर्नु भनेको सोच्नै नसकेको कुरा हो । एकदमै प्रभावित भएँ” भने । कार्यक्रमका अर्का सहभागी चित्रकार भरत राईले आफूले अहिले सम्म संसारमा रहेको पीडाबाट ग्रसित समाजको भावनालाई आफ्नो कूचि मार्फत क्यानभासमा उतार्ने गरेको तर यहाँहरूले भने आफ्नो सुन्दर प्रस्तुतिद्वारा मेरो दुखाइलाई अनि मनको त्यो रित्तोपनलाई पनि भरिदिनुभएर मेरो मनलाई न्यानोपना दिनुभयो । मलाई यो कार्यक्रममा बोलाइदिनु भएकोमा धन्यवाद दिदै आगामी दिनहरूमा पनि बोलाइदिन आग्रह” गर्नुभयो ।
यसरी थकित मनहरूलाई सान्त्वना र आशा दिलाएर संगीतको माध्यमद्वारा जनचेतना अभिवृद्धि गर्दै समाजका सबै वर्गहरूमा सकारात्मक परिवर्तन ल्याउन पहल गरेको यो कार्यक्रम आगामी दिनहरूमा पनि आयोजना गरिने अपेक्षाका साथ सफलतापूर्वक सम्पन्न भएको थियो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news