भक्तपुर अस्पतालले आफ्नै जनशक्तिले पहिलो पटक आँखाको शल्यक्रिया सुरु गर्यो | Jana Aawaj News

भक्तपुर अस्पतालले आफ्नै जनशक्तिले पहिलो पटक आँखाको शल्यक्रिया सुरु गर्यो

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुर अस्पतालले आफ्नै जनशक्तिले पहिलो पटक आँखाको शल्यक्रिया सुरु गर्यो : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । भक्तपर अस्पतालमा पहिलो पटक मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु भएको छ ।

आसपतालमा बागमती प्रदेश अन्तर्गत १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु भएको हो ।

अस्पतालकी मेडिकल डाइरेक्टर डा. सुमित्रा गौतमले आँखाको ओपिडी सेवा पहिलादेखि नै सञ्चालन भए पनि शल्यक्रिया सेवा नहुँदा बिरामीलाई बाध्य भएर तिलगङ्गा आँखा अस्पताल पठाउनुपर्ने बाध्यता भएको बताउनुभयो ।

उहाँले मंगलबार सफलतापूर्वक बिरामीको आँखाको शल्यक्रिया गरेको बताउँदै यसका लागि नेत्र विशेषज्ञ डा. अनुपमा अमात्यको नेतृत्वमा दुई जना आँखा रोग विशेषज्ञ र एकजना प्राविधिक गरी तीनजना जनशक्ति खटिएको समेत जानकारी दिनुभयो । उहाँले अब आँखाका उपचारका लागि अन्य अस्पताल धाउनुपर्ने बिरामीको बाध्यताको अन्त्य भएको साथै आखाँको सामान्य चेकजाच हेरक दिन हुनेछ भने, आखाँको जटिल खालको मेजर शल्यक्रियाचाहिँ हप्ताको हरेक मङ्गलबार हुने बताउनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न