शिक्षालय कलेजलाई एजुकेशन भिजन अवार्ड | Jana Aawaj News

शिक्षालय कलेजलाई एजुकेशन भिजन अवार्ड

पढ्न लाग्ने समयः < 1 मिनेट
शिक्षालय कलेजलाई एजुकेशन भिजन अवार्ड : Jana Aawaj News

भक्तपुर । मध्यपुरथिमि न.पा लोकन्थलीस्थित रहेको शिक्षालय कलेजले सार्क एजुकेशन अवार्ड अन्तर्गत “एजुकेशन भिजन अवार्ड” प्राप्त गरेको छ ।

यस कलेजले करिब २ वर्षदेखि भक्तपुरको स्थानीय विद्यार्थीदेखि लिएर अन्य जिल्लाका विद्यार्थीहरुलाई आइटी, बिबिए र एमबिए विषयमा सुलभ र राम्रो शिक्षा दिँदै आइरहेको छ ।

लोकन्थलीअवस्थित नै रहेको समृद्धि कलेजका फाउण्डरहरु मिलेर स्थापना गरिएको यस कलेजमा भक्तपुर जिल्लामा आइटीमा राम्रो शिक्षा र परिक्षाफलमा राम्रो परिणाम हासिल गरेसँगै भक्तपुरका अन्य निजी कलेजहरुमा बिबिए र एमबिए कमै पढाइ हुने भएको हुनाले व्यवस्थापन संकायअन्तर्गत बिबिए र एमबिए पढ्ने विद्यार्थीहरुलाई काठमाडौंसम्म जानु नपर्ने हिसाबले राम्रो शिक्षा दिन यो शिक्षालय कलेजको स्थापना भएको कलेजका प्रबन्ध निर्देशक सन्दिप श्रेष्ठले बताउनुभयो ।

उहाँले यस कलेजले यस अघिपनि नयाँ धार नयाँ सोचको आधारमा नेशनल अवार्ड अन्तर्गत “इमर्जिङ कलेज अवार्ड” प्राप्त गर्न पनि सफल भएको बताउँदै विद्यार्थी र अभिभावकले दिनुभएको साथ र विश्वासले अब यस शिक्षालय कलेजमा चाँडै कानुनमा स्नातक पनि ल्याउने तयारी भएको जानकारी दिनुभयो ।

 

+ posts
ताजा
1 टोखामा उलेख्य सामाजिक विकास
2 बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्त रूपमा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न
3 भक्तपुरमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको मुटु परीक्षण शिविर सञ्चालन हुने
4 भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न