पुस्तकालयलाई समाजको समग्र विकासको केन्द्र रुपमा पुनः परिभाषित गर्न जरुरी : सञ्चार मन्त्री गुरुङ | Jana Aawaj News

पुस्तकालयलाई समाजको समग्र विकासको केन्द्र रुपमा पुनः परिभाषित गर्न जरुरी : सञ्चार मन्त्री गुरुङ

पढ्न लाग्ने समयः < 1 मिनेट
पुस्तकालयलाई समाजको समग्र विकासको केन्द्र रुपमा पुनः परिभाषित गर्न जरुरी : सञ्चार मन्त्री गुरुङ : Jana Aawaj News

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पुस्तकालयलाई केवल किताब भण्डारण गर्ने ठाउँका रुपमा मात्रै नभई समाजको समग्र विकासको केन्द्रको रूपमा पुनः परिभाषित गर्नु पर्ने राज्यको दायित्व रहेको बताउनुभयो ।

काठमाडौँमा आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको अठारौँ पुस्तकालय दिवस २०८२ को अवसरमा बोल्दै मन्त्री गुरुङले नेपालमा पुस्तकालयको इतिहास अत्यन्त समृद्ध र प्रेरणादायी रहेको उल्लेख गर्नुभयो । प्राचीन कालदेखि नै अध्ययन, ज्ञान र धर्मकोसंरक्षणका लागि नेपालमा पुस्तकालयको स्थापना हुँदै आएको समेत जानकारी दिदै मन्त्री गुरुङले भन्नुभयो, “प्रारम्भिक समयमा मठ–मन्दिरहरूमा पठनका लागि संग्रहालयीय पुस्तकालयहरू थिए, जसले ज्ञानको प्रकाश फैलाउने महत्त्वपूर्ण भूमिका खेलेका थिए ।”
आधुनिक पुस्तकालयको इतिहास पृथ्वीनारायण शाहको शासनकाल देखि सुरु भएको इतिहास पनि मन्त्री गुरुङले स्मरण गराउनुभयो । उहाँका अनुसार शाहकै पालामा विभिन्न स्थानमा छरिएका पाण्डुलिपिहरू सङ्कलनगरी वसन्तपुर दरबारमा सुरक्षित रूपमा राखिएको इतिहास छ । यही क्रममा वि.सं. १८६९ साल भाद्र १५ गते राजा गीर्वाण युद्ध वीर विक्रम शाहले “पुस्तक चिताइ तहबिल” सम्बन्धी लालमोहर जारी गर्नुभयो, जुन नेपालको पहिलो कानुनी रूपमा मान्यता प्राप्त पुस्तकालयका रूपमा मानिने उहाँले बताउनुभयो । यही ऐतिहासिक घटना सम्झँदै वि.सं. २०६५ सालदेखि हरेक वर्ष भाद्र १५ मा पुस्तकालय दिवस मनाउने परम्परा सुरु भएको हो ।

मन्त्री गुरुङले नेपालमा पुस्तकालयको इतिहास जनचेतना, अध्ययन संस्कृति र सामाजिक रूपान्तरणसँग गहिरो रूपमा गाँसिएको हुँदा यसको संरक्षण, विकास र सक्रिय प्रयोगको प्राथमिकता बढाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार आजको डिजिटल युगमा पनि पुस्तकालयको महत्व कम भएकोछैन । यसले डिजिटल पहुँच, ई–पुस्तक, अनुसन्धान सामग्रीर सुरक्षित अध्ययन वातावरण प्रदान गर्दै नागरिकलाई सशक्त बनाइरहेको उहाँले बताउनुभयो । युवाहरूकालागि पुस्तकालय अनुसन्धान, नव प्रवर्तन र सीप विकासको प्रमुख स्थल बनेका छन् । विशेष गरी ग्रामीण क्षेत्रका पुस्तकालयहरूले कम्प्युटर, इन्टरनेट, डिजिटल सामग्री र मोबाइल पुस्तकालय जस्ता सुविधाबाट सूचना पहुँचको खाडल घटाइरहेको मन्त्री गुरुङको धारणा छ ।

+ posts

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x