
जन आवाज न्युज/झापा, मंसिर १८ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज झापाको बुधवारे बजारमा “ ९,१०७ औँ विश्वव्यापी वातावरण सरसफाइ अभियान” सम्पन्न गरेको छ।
यस सामाजिक योगदान पहलको उद्देश्य समुदाय, देश र विश्वव्यापी समुदायको संरक्षण र सरसफाइ गर्नु हो । हालसम्म यस्ता पहलहरू नेपाल लगायत विभिन्न देशहरूमा १४,००० पटक सञ्चालन भइसकेको छ ।

परमेश्वरको मण्डलीका एक सदस्यका अनुसार, “परिवारलाई प्रेम गर्ने आमाको मनद्वारा सबै सदस्यहरूले स्थानीय बासिन्दाहरूलाई सफा वातावरण उपहारस्वरूप दिदै वातावरण सरसफाइ गरेका छन् । हामीहरू निरन्तर हाम्रा छिमेकीहरूसँग ख्रीष्टको न्यानो प्रेम र आशा बाँड्नेछौं ।”
बिहानैदेखि परमेश्वरको मण्डलीका सदस्यहरू, परिवारहरू, छिमेकीहरू गरी करिब ५० जना रङ्गीन ज्याकेट लगाएर बुधवारे बजारको सडकमा भेला भएका थिए । स्वयंसेवकहरूले समूहमा विभाजित भएर सडक र गल्लीहरूमा फ्याँकिएका खानेकुराको प्याकेट, चुरोट, एकल-प्रयोग प्लास्टिकका कपहरू र खोलहरू जस्ता सबै प्रकारका फोहोरहरू १ घण्टासम्म सङ्कलन गरेका थिए । सरसफाइबाट सङ्कलित कुल फोहोरको मात्रा २५० किलो रहेको थियो । लामो समयसम्म बेवास्ता गरिएको फोहोर हटाउनेबित्तिकै ठाउँको सौन्दर्य पुनर्स्थापन हुनुका साथै वातावरण सफा भएको थियो, जसको स्थानीय बासिन्दाहरूले खुलेर प्रशम्सा गरेका थिए ।
परमेश्वरको मण्डलीको सरसफाइ गतिविधिप्रति खुशीसाथ समर्थन जनाउँदै बुद्धशान्ति गाउँपालिकाले फोहोर सङ्कलन गर्न मद्दत गरेको थियो । कार्यक्रममा उपस्थित बुद्धशान्ति गाउँपालिकाका समाज सेवी हरी प्रसादले “यो कार्य अती नै उत्कृष्ट कार्य हो ” भन्दै स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गरेका थिए । फोहोर सङ्कल गर्दै मुन्ना लहेरीले मुस्कुराउँदै “यस्तो राम्रो काममा सहभागी हुन पाएकोमा धेरै खुसि लाग्यो ” भन्नुभयो ।
परमेश्वरको मण्डलीले नेपालभरिका स्थानीय समुदायका लागि वातावरण सरसफाइ, छिमेकीलाई सहयोग, रक्तदान अभियान तथा आपतकालीन राहत जस्ता विभिन्न सामाजिक योगदानका गतिविधिहरू गर्दैआएको छ । जसको कदरस्वरूप बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय, बूढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न क्षेत्रबाट प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गरिएको छ ।
मण्डलीले काठमाडौंको कीर्तिपुर, कोशी प्रदेशको सुन्दरहरेँचा, लुम्बिनी प्रदेशको नेपालगञ्ज, कर्णाली प्रदेशको वीरेन्द्रनगर जस्ता विभिन्न ठाउँहरूमा वातावरण सरसफाइ गरेको छ । यसका साथै स्थानीय समुदायमा रगतको अभाव समाधान गर्न रक्तदान कार्यक्रमहरू पनि मण्डलीले सक्रिय रूपमा गर्दैआएको छ । मण्डलीद्वारा आयोजना गरिने ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान अभियान’ १ सय प्रतिशर स्वैच्छिक, अवैतनिक रक्तदान हो र यसले रगत स्थिरतामा योगदान पुऱ्याएको मूल्याङ्कन गरिएको छ, साथै रगतको अभावका कारण जीवन जोखिममा परेका छिमेकीहरूको जीवन बचाउनमा प्रमुख भूमिका खेलिरहेको छ । गत वर्ष मात्र, परमेश्वरको मण्डलीले नेपालमा २१ पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गऱ्यो । यो वर्षको जुन महिनासम्म, नेपालमा मात्र ५७,४३७ जना सहभागी भएर वातावरण सरसफाइ, रक्तदान, नर्सिङ होमको सान्त्वनादायक भ्रमण र शैक्षिक सामग्री सहयोग जस्ता ९५८ वटा विविध सामाजिक योगदानका गतिविधिहरू सञ्चालन गरिएका छन् ।
२,००० वर्षअघिको सुरुको मण्डलीले जस्तै नयाँ करार निस्तार चाडलाई मौलिक रूपमा पुनर्स्थापित गरेर मान्ने परमेश्वरको मण्डलीको सुरुवात सन् १९६४मा कोरियामा भएको थियो । विश्वका १७५ वटा देशका ७,८०० वटा क्षेत्रमा स्थापित परमेश्वरको मण्डलीले बाइबलमा आधारित ‘पिता परमेश्वर’ र ‘माता परमेश्वर’मा विश्वास गर्दछ । मण्डलीले स्थानीय समुदाय र देशहरूमा ‘ज्योति र नून’को भूमिका निर्वाह गर्दै सरसफाइ गतिविधिका साथै रक्तदान, छिमेकीहरूलाई सहयोग र प्रकोप राहत जस्ता सामाजिक योगदानका गतिविधिहरू ४४,००० पटकभन्दा बढी सञ्चालन गरिसकेको छ । यस किसिमको समर्पित प्रयासका लागि, मण्डलीले तीन वटा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, तीन वटा दक्षिण कोरियाली राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभा सम्मान पदक र देशको सर्वोच्च वातावरणीय अवार्ड र ब्राजिलियन विधायिकी पदकसहित ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 344176












