रसुवाको भोटेकोसी त्रिशुलीमा बाढी, पूर्वानुमान महाशाखाद्धारा सतर्क रहन आग्रह | Jana Aawaj News

रसुवाको भोटेकोसी त्रिशुलीमा बाढी, पूर्वानुमान महाशाखाद्धारा सतर्क रहन आग्रह

पढ्न लाग्ने समयः < 1 मिनेट
रसुवाको भोटेकोसी त्रिशुलीमा बाढी, पूर्वानुमान महाशाखाद्धारा सतर्क रहन आग्रह : Jana Aawaj News

भक्तपुर भदौ १० गते । रसुवाको हुँदै त्रिशुली नदीमा आएको बाढी मलेखु बजार आसपास पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले बाढी केहि समयमै मुग्लिन पार गर्ने क्रममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार भदौ १० गते बिहान ११ः५० बजे एसएमएस अलर्ट जारी गर्दै पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गर्न अनुरोध गरेको थियो । बाढीको जोखिम रहेका नदी छेउछाउका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान तथा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरिरहेको छ ।

यसैगरी बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समेत अनुरोध गरिएको छ । भोटेकोसीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापन, उद्धार तथा घाइतेहरूको द्रुत उपचारका लागि ट्रमा सेन्टरको एउटा टोली रसुवा प्रस्थान गरिसकेको छ ।
घाइतेहरूको द्रुत उपचारका लागि ट्रमा सेन्टरको एउटा टोली हेलीमार्फत रसुवा गएको बताइए छ । घाइतेहरूको उपचार गर्नका लागि १ सय बेड तयारी अवस्थामा राखिएको बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 रसुवाको भोटेकोसी त्रिशुलीमा बाढी, पूर्वानुमान महाशाखाद्धारा सतर्क रहन आग्रह
2 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
3 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
4 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न