
जन आवाज न्युज/काठमाडौं भदौ १० गते ।परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले बुधबार मुलपानि क्रिकेट रंगशाला चोकदेखि गोकर्णेश्वर नगरपालिका वडा नं ७ नारायणटार पुल सम्ममा ‘प्लास्टिकमुक्त २०४०’ प्रोजेक्टको एक हिस्सास्वरूप सरसफाइ आयोजना गऱ्यो । यो परियोजना सन् २०४० सम्म प्लास्टिक प्रदूषण अन्त्य गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासअनुरूप ASEZ WAO ले सञ्चालन गर्दैआएको विश्वव्यापी वातावरणीय गतिविधि हो । यसअन्तर्गत कार्यस्थल र दैनिक जीवनमा प्लास्टिकको प्रयोग घटाउने, सही तरिकाले फोहोर छुट्याएर फाल्ने तथा स्थानीय समुदायका विभिन्न स्थानमा सरसफाइ अभियान सञ्चालन गरी प्लास्टिकजन्य फोहोर सङ्कलन गर्ने गरिन्छ ।
ASEZ WAO का सदस्यहरू, उनीहरूका परिवार तथा छिमेकीहरूसहित करिब ८५ जना स्वयंसेवकहरूले मुलपानि क्रिकेट रंगशाला चोकदेखि गोकर्णेश्वर वडा नं ७ नारायणटार पुल सम्ममा आसपासको १.५ किलोमिटर क्षेत्रमा विभिन्न प्रकारका प्लास्टिकजन्य फोहोर सङ्कलन गरे । बिहान ७:३० बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको सरसफाइ अभियानबाट सङ्कलन गरिएको फोहोर १०० लिटरका ६५ वटा झोला बराबर थियो । गोकर्णेश्वर नगरपालिका कार्यालयले फोहोर ढुवानी तथा व्यवस्थापनमा सहयोग गर्दै यस अभियानमा साथ दियो । ASEZ WAO का एक प्रतिनिधिले भने, “प्लास्टिक प्रदूषणको समस्या समाधान गर्न दैनिक जीवनमा निरन्तर अभ्यास र स्थानीय समुदायको सहभागिता महत्त्वपूर्ण छ ।” उनले थपे, “युवाहरूको स्वेच्छिक पहलले वरपरका मानिसहरूमा पनि सहमति र सहभागिता बढाउँदै सकारात्मक परिवर्तनलाई अझ व्यापक बनाओस् भन्ने हाम्रो आशा छ ।” ASEZ WAO भन्ने नाममा ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं (Save the Earth from A to Z, We Are One Family)’ भन्ने अर्थ रहेको छ ।

यस सङ्गठनले विश्वका विभिन्न देशहरूमा वातावरण सरसफाइ, वृक्षारोपण, प्लास्टिक प्रदूषण न्यूनीकरण लगायत वातावरणीय अभियान तथा कल्याणकारी गतिविधिहरू सञ्चालन गर्दैआएको छ । यस्तो परोपकारी कार्यको मान्यतास्वरूप सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट ८०० वटाभन्दा बढी अवार्डहरू पनि प्राप्त गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् । सङ्गठनले नेपालमा पनि स्थानीय वातावरण सुधारका लागि निरन्तर गतिविधिहरू सञ्चालन गर्दैआएको छ । उदयपुर, काठमाडौं, ललितपुर र नेपालगन्ज लगायत देशका विभिन्न स्थानमा सरसफाइ अभियान सञ्चालन गरी वातावरणलाई स्वच्छ र सुखद बनाइएको छ । गत अगस्ट महिनामा चन्द्रागिरीमा ‘प्लास्टिकमुक्त २०४०’ सेमिनार आयोजना गरी प्लास्टिक प्रदूषणको गम्भीरताबारे जानकारी गराउनुका साथै त्यसलाई न्यूनीकरण गर्न आवश्यक व्यावहारिक कदम र सहकार्यका उपायहरू प्रस्तुत गरिएको थियो ।
यस्ता विविध गतिविधिका लागि टोखा नगरपालिकाका उपप्रमुखबाट प्रशंसा-पत्र, ललितपुर महानगरपालिका वडा नं. ८ का वडाध्यक्षबाट प्रशंसा-पत्र तथा हेटौँडा उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्षबाट प्रशंसा-पत्र लगायतका सम्मानहरू प्राप्त भएको छ । ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा अवस्थित विश्वव्यापी मण्डली हो । मण्डलीका करिब ४० लाख विश्वासीहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू’ भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा हालसम्म मण्डलीका ७२,६८८ जना सदस्यहरूले १,०८४ पटक विभिन्न स्वयंसेवाका गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान र संस्कृति आदानप्रदान जस्ता गतिविधिहरू करिब ५०,००० पटकभन्दा बढी गरिएको छ (सन् २०२६ जुनसम्म) । परमेश्वरको मण्डलीले चार अमेरिकी सरकारबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, तीन कोरियाली सरकारबाट राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ६२ हजार भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।





-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related








Total views : 387985




