ग्लीटर फ्युचरको आयोजनामा नेसनल प्याव्सनको वादविवाद प्रतियोगिता सम्पन्न | Jana Aawaj News

ग्लीटर फ्युचरको आयोजनामा नेसनल प्याव्सनको वादविवाद प्रतियोगिता सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
ग्लीटर फ्युचरको आयोजनामा नेसनल प्याव्सनको वादविवाद प्रतियोगिता सम्पन्न : Jana Aawaj News
Oplus_16908288

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम ग्लीटर फ्युचर स्कुलको आयोजनमा यहि फागुन २९ गते शुक्रबार अन्तर-विद्यालय वादविवाद प्रतियोगित २०८२ भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगिता दुई श्रेणी कक्षा ६ र ७ गरी सञ्चालन गरिएको थियो । कक्षा ६ र ७ का विद्यार्थीहरु जसले आफ्नो प्रतिभा, आत्मविश्वास, ज्ञान र क्षमतालाई वाककलाको माध्यमबाट प्रस्तुत गरेका थिए ।

मदरल्याण्ड स्कुलकी समृद्धि कपाली कक्षा ७ को श्रेणीबाट विजेता बन्न सफल भएकी थिइन । त्यसै गरी पहिलो उपविजेता बिमल मेमोरियल स्कूलकी प्रविधी खड्का, दोस्रो उपविजेता आरक्षण नेसनल स्कुलकी इशानी पुरी र तेस्रो उपविजेता संस्कार गुरुकुल स्कूलकी आयुषा पराजुली हुन सफल भएका थिए ।

वादविवाद प्रतियोगिताको कक्षा ६ तर्फको श्रेणीमा पाथिभरा स्कूलकी प्रत्युषा श्रेष्ठ विजेता, पहिलो उपविजेता बिमल मेमोरियल स्कूलकी प्रिन्शा देउजा, दोस्रो उपविजेताआरक्षण नेसनल स्कुलकी युनिषा खत्री र तेस्रो उपविजेता संस्कार गुरूकुल स्कुलका ऋषभ अधिकारीले उपाधी पाउन सफल भएका थिए ।

आयोजक विद्यालय ग्लीटर फ्युचर स्कुलका प्रिन्सिपल एवं नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष राम प्रसाद खाताखोको सभापतित्व सम्पन्न अन्तर विद्यालय वादविवाद प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले आयोजक विद्यालयलाई धन्यवाद व्यक्त गर्दै विजेता विद्यार्थीहरुलाई पुरस्कृत गर्नु भएको जानकारी आयोजक विद्यालयका सह प्रिन्सिपल जिवेश सिटिखुले दिनु भएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डलीद्वारा ॐ शान्ति आधारभूत विद्यालयमा झोला वितरण
2 अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
3 प्रसादिको आयोजनामा नेसनल प्याव्सनको वादविवाद सम्पन्न 
4 कवि प्रतिसरा सायमीलाई भक्तपुर साहित्यिक समाजद्वारा अभिनन्दन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न