“जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं  | Jana Aawaj News

“जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 

पढ्न लाग्ने समयः 3 मिनेट
“जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं  : Jana Aawaj News
Oplus_16908290

जन आवाज न्युज/भक्तपुर, १ असार । सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ईश्वर खड्काले आफ्नो वडालाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै लगेको बताउनु भएको छ ।

क्रियासिल पत्रकार मञ्च भक्तपुरको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा सोमबार वडा कार्यालयमा सम्पन्न ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा बोल्दै उहाँले वडा नं. ६ लाई भौतिक संरचनालेबिकसित मात्रै नभई उज्यालो वडाको रुपमा अगाडि बढाएको बताउनुभयो ।
वडा नम्बर ६ मा कृषि योग्य जमिन नभएको जानकारी दिनुभयो । कृषि को बिषयमा उठेका प्रश्नको जवाफ दिदै उहाँले कृर्षकको समस्या सम्बन्धित समस्या टेबल भएको बताउनुभयो । सडकमा टागेका तारहरुको ब्यवस्थापन नहुनु दुखद कुरा भएको र यसको ब्यवस्थापन गर्न कठिन भएको बताउनुभयो ।
वडाले १०० वटा बत्ति जडान गरिसकिएको र बाँकी स्थानमा यही वर्ष बत्ति जडान गरेर उज्यालो वडाको रुपमा स्थापित गरिने उहाँले बताउनुभयो ।
विभिन्न ठाउँमा सावैजनिक शौचालय निर्माणको लागि तयारी गरेको जानकारी दिद उहाँले भएका सार्वजनिक शौचालय प्रयोग गर्ने, फोहोर गर्ने तर त्यसको सफाईमा कसैले ध्यान नदिने गर्दा समस्या भने आएको उहाँले बताउनुभयो । सार्वजनिक शौचालय सञ्चालनको जिम्मा कुनै क्ल्बले जिम्मा लिने भए त्यसको सञ्चालनको जिम्मा दिईने बताउनुभयो ।
वडामा करिब आठ करोडको योजना काम भइरहेको र ६ वटा आयोजनामा काम भइरहेको बताउँदै वडा अध्यक्ष खड्काले पेट्रोलियम पदार्थमा भएको उच्चतम मूल्यबृद्धिले एक करोडको बजेटमा हुन लागेको सडक कालोपत्र रोकिएको बताउनुभयो ।
निजी विद्यालयलले जथाभावी शुल्क असुल्दै आएको सन्दर्भमा बोल्दै उहाँले नगरपालिकाले तोकेको भन्दा बढी शुल्क लिन नपाईने बताउदै दुई महिनाको ट्युसन शुल्क बराबर मात्रै भर्ना शुल्क लिन पाउने व्यबस्था रहेको बताउनुभयो ।
सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा भएका गतिविधिबारे जानकारी गराउँदै उहाँले वडावासीको आवश्यकता र प्राथमिकता अनुसार विकासका काम अघि बढाइएको चर्चा गर्नुभयो ।

स्थानीय सरकारलाई नागरिकप्रति थप जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउन सार्वजनिक सुनुवाइ महत्वपूर्ण माध्यम भएको बताउदै वडा अध्यक्ष खड्काले अध्यक्षले नागरिकबाट प्राप्त सुझाव, गुनासा र जिज्ञासालाई गम्भीरतापूर्वक ग्रहण गर्दै आगामी योजना तथा कार्यक्रम तर्जुमा गर्दा समेटिने प्रतिबद्धता व्यक्त गर्नभयो ।

उहाँले विकास निर्माणका काममा जनसहभागिता र सहकार्य अपरिहार्य रहेको चर्चा गर्दै वडा कार्यालयले आर्थिक वर्षभरि सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले सडक मर्मत, सरसफाई व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, पूर्वाधार विकास तथा अन्य जनचासोका विषयमा आफ्ना जिज्ञासा राख्नुका साथै सहभागिहरुबाट उठेका सवालहरुको जवाफ दिनु भएको थियो ।

कार्यक्रममा वडा सचिव श्रीमिला जोन्छेले वडा कार्यालयले चालू आर्थिक वर्षमा सम्पन्न गरेको कार्यसम्पादनकाबारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले वडाको आम्दानी, खर्च, सम्पन्न योजना, चालू योजना र प्रवाहित सेवाकाबारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा वडाले चालु आर्थिक वर्षमा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा जनहितका कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवालाहरूले वडाबाट प्रदान गरिने सेवाको प्रभावकारिता, विकास निर्माणका कार्य, पूर्वाधार, सरसफाइ, सडक तथा अन्य जनचासोका विषयमा प्रश्न तथा सुझाव प्रस्तुत गरेका थिए । सहभागीहरूले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सुझाव दिएका थिए ।

सार्वजनिक सुनुवाइैको अन्तरक्रियामा स्थानीय कृष्णकुमार सुवालले आयोजनाहरु सञ्चालन भएको ठाउँमा सार्वजनिक सूचनासहितको बोर्ड राख्न, ट्राफिक व्यबस्थापन गर्न, सडक किरानाको जथाचावी पार्किङ्ग हटाउनु पर्ने, ग्राबेल सडक छिटो कालो पत्र गर्नु पर्ने, सडक सिमांकन सबै ठाउँमा गर्नुपर्ने, कृषि योग्ज जमिन बाझो राख्नेलाई कारबाही गर्नुपने, जडिबुटी खेति र प्रशोधन कार्य सुरु गर्नुपर्ने सुझाब पेश गर्नु भएको थियो ।

कार्यक्रममा स्थानीय सम्राट देशेमधुले वडा नम्बर ६ का विद्यालयमा बालबालिकाहरुलाई दण्ड सजाय दिने र विद्यालयमा पढ्न जान नसक्ने स्थिति रोक्नु पर्ने गुनासो गर्नुभयो । यसतर्फ सम्बन्धित निकायको ध्यानकर्षण गराउदै विद्यायके छड्के अनुगमन गर्नुपर्ने सुझाब दिनुभयो । उहाँले जथाभावी सडक ब्यापार मौलाउदै गएकाले यसको निराकरणका साथै सार्वजनिक जग्गा अतिक्रमसण रोक्नका लागि अनुरोध गर्नुभयो ।

स्थानीय बद्रि देउजाले केष्ण मन्दिर जाने सडक निर्माण गर्नुपर्ने, नयाँ बत्ति र सडक बत्ति जडानका लागि खम्मबा नआएको, बनाचौर क्षेत्रमा सडक बत्तिको व्यबस्था गर्नुपर्ने, लथालिङ्ग रहेको केबुलको तारहरु हटाउनु पर्ने,लगायतका सुझाब दिनु भएको थियो ।
स्थानीय मधु सुदनकार्कीले टोलहरुमा भुस्या कुकुरहरुको आतंकलाई रोक्न स्थानीइ तह लाग्नु पर्ने बताउदै भस्याहा कुकुरहरुको बन्ध्याकरण गर्नुपर्ने, रेबिज बिरुद्धको खोप लगाउनु पर्ने माग राख्नुभयो ।
स्थानीय नारायणहरि गौतमले बिच बाटोमा रहेको बिद्युतको पोल हटाउनु पर्ने, खम्बा खम्बामा थुप्रिएको केबुलका तारहरु हटाउनु पर्ने, सडक बत्ति नपुगेको ठाउँमा पर्याउनु पर्ने बताउनुभयो।
पत्रकार पेशल आचार्यले यो वडामा कृर्षि योग्य जमिन छ भन्दै जिज्ञासा राख्नु भएको थियो भने अर्का पत्रकार दिवस गुरागाईले अबको योजना के छ ? र केके कुरामा बजेट बनेको छ भन्दै जिज्ञासा राख्नुभयो ।
पत्रकार नारायण थापाले भर्ना शुल्ककोे विषयमा जिज्ञासा उठाउँद २ महिनाको एकैचोटी दिने तर दुई महिनाको फी कति हो भन्दै प्रश्न गर्नुभयो ।
क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले सार्वजनिक काय्र्रकममा उठेका प्रश्न जिज्ञासा तथा सुझावहरु सम्बन्धित ठाउँमा पर्ुयउने बताउनुभयो । विभिन्न स्थानीय संचारमाध्यम मार्फत उक्त जनस्तर बाट उठेका जिज्ञासा नगरपालिका पुराउने र समाधान खोज्ने बताउनुभयो ।
यस्तै पत्रकार पुस्करराज बुढाथोकीले सार्वजनिक सुनुवाई कार्याक्रममले जनताको सरोकारको विषय तथा समस्या उजागर हुने बताउनुभयो । उहाँले जनताले खोजेको विकासको मार्गचित्र प्रस्तुत गर्न सकिने उल्लेख गर्नुभयो ।
सार्वजनिक सुनुवाइले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सुशासन, पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

+ posts

 

 

ताजा
1 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
2 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
3 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
4 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न