
भक्तपुर । सा:या अर्थात् गाईजात्रा । वर्षमा एकपटक आउने गाईजात्रा । तर देशमा वर्षैभरि गाईजात्रा । सडकमा छताछुल्ल गाईजात्रा । सदनमा गाईजात्रा । वेथितिकाे गाईजात्रा । नेता, पार्टीकाे गाईजात्रा । देश बनाउँछु भन्नेहरूकाे पनि गाईजात्रा । देश बनाउँछु भन्नेहरूकाे खुट्टा तान्नेकाे ठूलाे मात्रा । कानुनकाे उपहास, चेलिकाे राेदन, असहायकाे काेही छैन सहारा । लासमा कर, जताततै कर , जनतामा व्याप्त त्रास र डर । बिचाैलिया र भ्रष्टाचारीहरूकाे हरिविजाेग तर कहिले हुने हाे यस्ताकाे जेल र नेलभाेग ? ।
यस्तै यस्तै विषयलाई समेटेर व्यङ्ग्य, राेदन, हाँसाे अनि आँसुले भरिएकाे समसामयिक विषयलाई आफ्नाे शव्दमा बुनेर कनिष्ठ देखि वरिष्ठसम्मका स्रष्टा/सर्जकहरूले आफ्नाे चाेटिलाे, रसिलाे अनि कसिलाे प्रस्तुति पस्के भक्तपुरकाे कमलविनायकस्थित राेम्बस इङ्गलिश स्कूलमा भएकाे गाइजात्रे विशेष अङ्ककाे भसासकाे नियमित घुमन्ते साहित्यिक श्रृङ्खलाकाे ८२ औं संस्करणमा ।
भसासकाे परम्परा अनुसार याे पटक स्व. भैरव अर्यालकाे रचनालाई सभापति बनाई आयाेजना गरेकाे उक्त श्रृङ्खलामा स्रष्टा/ सर्जक अनि श्राेताहरू गरी ७६ जनाकाे उपस्थितिमा ३१ जना स्रष्टा/ सर्जकले रचना वाचन गरेका थिए । यसरी रचना वाचन गर्नेहरूमा क्रमश: नारायण तिवारी ( लघुकथा- पारखी), ललिता दाेषी (कविता-घरकाे चाला), मानिक बाबु ग्वंग:(कविता- गाई नै गाईकाे जात्रा), राजुराम मुनंकर्मी (व्यङ्ग्य गीत), डा. राजेन्द्र काेजू (कविता – कतै युद्ध चल्या जस्ताे छ ) , पवित्रा दहाल ( छन्द कविता- हिमाल र यात्री) ,काशिराम विरस ( मुक्तक), सुलाेचना सैंजु ( लघुकथा – आँशुले भिजेकाे मैनबत्ती), गुहेश्वरी शाक्य ( गीत), मानन्धर अभागी (गजल), मिमला शर्मा राजाेपाध्याय (कविता-चाेटकाे हाजमाेला), सुरेश राजभण्डारी (कविता-समावेशिता), याेगेन्द्र मुनंकर्मी (कविता – न्याय हराएकाे देश), सुनिल मूल (गीत), धनेश राजाेपाध्याय (कविता- शव्द शव्दबाट कविता बन्दछ), विनाेद खड्का ( व्यङ्ग्य – हजुर त असाध्य ठूलाे मान्छे), कृष्ण प्रजापति (शव्दचित्र), रविन्द्र न्हेमाफुकी ( गजल), ईश्वर थाेकर ( गीत), बिनु बाबा घिमिरे (कविता – म गर्भमा छु), राज बहादुर कुँवर (आँसुकाे अभिलेख), निरन्जन मल्ल ठकुरी (लघुकथा- झमेला), सुधा बासकाेटा ढकाल (कविता -चिप्लेकिरा), कुशल बाेगटी ( कविता – मुसाहरू), शिक्षिकाहरू क्रमश: ममता श्रेष्ठ ( कविता – छाेरी मान्छे) , सृष्टि कार्की (कविता- छाेरी सुरक्षित छाै र ?), सीता बुढा (मुक्तक), गाेमा भट्टराई (गजल) र विद्यार्थीहरू क्रमश: सुविना गिरी -१२ (कविता-आमा बुबा), दिपिका मानन्धर -११ (कविता-मेरी आमा), सुनिता श्रेष्ठ-११ (कविता – बाबा) रहेका छन् ।

भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकर्मीले पानसमा दीप बाली उद्घाटन गर्नुका साथै राेम्बस इङ्गलिश स्कूलका प्रिन्सिपल डा.राजेन्द्र काेजूले स्व. भैरव अर्यालकाे तसविरमा माल्यार्पण गर्नुभएकाे थियाे ।
भसासका आजीवन सदस्य पवित्रा दहालले कार्यक्रमलाई सहजिकरण गर्नुहुँदै स्व. भैरव अर्यालकाे जीवनी र रचनाबारे प्रकाश पार्नुभएकाे थियाे ।
कार्यक्रमकाे अन्तमा भसासका अध्यक्ष राजुराम मुनंकर्मीले सबैलाई धन्यबाद ज्ञापन गर्नुहुँदै राेम्बस इङ्गलिश स्कूलका प्रिन्सिपल डा. राजेन्द्र काेजूलाई कदरपत्र प्रदान गर्नुभएकाे थियाे ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related







Total views : 387117




