
कोहलपुर, बाँके असोज २५ गते । अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन ASEZ WAO ले लुम्बिनी प्रदेशको कोहलपुर नगरपालिका वडा नं. ७ स्थित श्री मितेरी सामुदायिक वनमा १,००० वटा बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
सङ्गठनको विश्वव्यापी वातावरणीय अभियान ‘Mother’s Forest’ (आमाको वन) परियोजना अन्तर्गत रूख नभएको करिब १ हेक्टर खाली जमिनमा बिरुवाहरू रोपी वन पारिस्थितिक प्रणालीको पुनर्स्थापना र जलवायु परिवर्तनको सामना गर्न योगदान पुर्याइएको हो।

‘Mother’s Forest’ परियोजना आमाले आफ्ना सन्तानको हेरचाह गर्ने प्रेमपूर्ण भावनाका साथ वृक्षारोपण गरी पृथ्वी र स्थलीय पारिस्थितिक प्रणालीको संरक्षण गर्ने उद्देश्यले सञ्चालन भइरहेको छ। ASEZ WAO परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको स्वयंसेवक समूह हो।

स्थानीय तह र वन कार्यालयको सहकार्य
कार्यक्रममा ASEZ WAO का सदस्य, उनीहरूका परिवार र छिमेकी गरी करिब १०० जनाको सहभागिता रहेको थियो। कोहलपुर सव डिभिजन वन कार्यालयको सहयोगमा शमशेरगञ्ज सब डिभिजन वन कार्यालयले १,००० वटा बिरुवा उपलब्ध गराएको थियो। सहभागीहरूले खाल्डो खनेर बिरुवा रोप्नुका साथै तिनीहरूले राम्रोसँग जरा फैलाउन सकून् भनेर माटो थिचेर पानी हाल्ने काम गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले मानिसहरूका कारण वनजङ्गल असुरक्षित हुँदै गएको र युवाहरू कुलतमा फसिरहेको अवस्थामा ASEZ WAO ले वन संरक्षणका लागि लिएको सकारात्मक सोचको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

त्यस्तै, कोहलपुर वन कार्यालयका रेन्जर शिव कुमार यादव र वडा नं. ७ का वडाध्यक्ष ठग्या थारूले खाली जमिनमा वृक्षारोपण गरेर वडालाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि ASEZ WAO का यस्ता सकारात्मक गतिविधिहरूमा पूर्ण समर्थन र सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो।

स्वयंसेवकहरूको अनुभव
कार्यक्रममा सहभागी ASEZ WAO का सदस्य हेमराज शाहीले प्रकृतिबाट स्वच्छ हावा, पानी र जीवनदायिनी शक्ति पाइरहेको तर त्यसको बदलामा प्रकृतिलाई केही दिन नसकेको अवस्थामा आज बिरुवा रोपेर प्रकृतिप्रतिको जिम्मेवारी पूरा भएको महसुस भएको बताउनुभयो। अर्का सदस्य नवीन तिमल्सेनाले विश्वव्यापी रूपमा वातावरण संरक्षणमा जुट्न पाउँदा खुसी लागेको र यसले थप हौसला मिलेको विचार व्यक्त गर्नुभयो।

ASEZ WAO र परमेश्वरको मण्डलीको योगदान
‘Save the Earth from A to Z, We Are One Family’ (हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं) भन्ने अर्थ बोकेको ASEZ WAO ले विश्वभर ‘Mother’s Forest’ का साथै ‘Green Earth’ (सहरी सरसफाइ), ‘Blue Ocean’ (समुद्र/नदी सरसफाइ), ‘No More GPGP’ (प्लास्टिक प्रयोग न्यूनीकरण), र ‘Green Workplace’ (कार्यस्थलमा वातावरणमैत्री अभ्यास) जस्ता वातावरणीय परियोजनाहरू सञ्चालन गर्दै आएको छ।

नेपालमा पनि काठमाडौँ, ललितपुर, नेपालगञ्ज लगायतका स्थानमा सरसफाइ अभियान तथा गत अगस्टमा चन्द्रागिरिमा ‘प्लास्टिकमुक्त २०४०’ सेमिनार जस्ता चेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन्।

१७५ वटा देशमा ७,८०० भन्दा बढी स्थानमा रहेको परमेश्वरको मण्डलीका करिब ४० लाख विश्वासीहरूले “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई व्यवहारमा उतारिरहेका छन्।

नेपालमा हालसम्म मण्डलीका ७२,६८८ जना सदस्यहरूले १,०८४ पटक विभिन्न स्वयंसेवाका गतिविधिहरू गरिसकेका छन्। मण्डलीले विश्वभर प्रकोप राहत, रक्तदान, र वातावरण संरक्षण जस्ता ५०,००० भन्दा बढी स्वयंसेवा गतिविधिहरू गरेबापत अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड लगायत ६,३०० भन्दा बढी अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरिसकेको छ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related











Total views : 400620





