दधिकोटमा दुई मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते | Jana Aawaj News

दधिकोटमा दुई मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते

पढ्न लाग्ने समयः < 1 मिनेट
दधिकोटमा दुई मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते : Jana Aawaj News

भक्तपुर। दधिकोटको गाम्चास्थित मंगलबार जितेन्द्र कोल्ड स्टोर अगाडि आज दिउँसो दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।
दिउँसो करिब १२ बजेको समयमा तर्खगालबाट गाम्चातर्फ तीव्र गतिमा आउँदै गरेको बा.प्र. ०२-०४० प १८०९ नम्बरको २२० पल्सर मोटरसाइकलले गाम्चा चोकबाट तर्खगालतर्फ जाँदै गरेको बा.प्र. ०२-०२१ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रारम्भिक विवरण छ।
दुर्घटनामा ६०२९ नम्बरको मोटरसाइकलका चालक बाजुरा जिल्ला, त्रिवेणी नगरपालिका-६ घर भई हाल सूर्यविनायक नगरपालिका-५, कटुञ्जे बस्दै आएका २६ वर्षीय राजेन्द्र खड्का गम्भीर घाइते भएका छन्। उनको दाहिने खुट्टामा गहिरो चोट लागेको तथा पैतालामा समेत गम्भीर चोट पुगेको बताइएको छ।
घाइते खड्काको हाल मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटना गराउने पल्सर मोटरसाइकलका चालक दोलखा जिल्ला, बिगु गाउँपालिका-३ घर भई हाल दधिकोटको चित्रपुरमा बस्दै आएका १८ वर्षीय रोहित वि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक जानकारीअनुसार वि.क.सँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत नरहेको पाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 दधिकोटमा दुई मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते
2 ASEZ WAO द्वारा गोदावरी राष्ट्रिय वनस्पति उद्यानमा ‘Green Earth’ सरसफाइ अभियान सम्पन्न
3 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
4 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न