
भक्तपुर, २४ असोज । क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गरेको छ ।

मञ्चले आज भक्तपुरमा आयोजना गरेको १६ औ वार्षिक साधारण सभा, छैठौ केन्द्रीय अधिवेशन तथा सम्मान कार्यक्रममा मञ्चका अध्यक्ष रमेश गिरीले वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई सम्मान गर्नु भएको हो ।
कार्यक्रममा स्थानीय तहको विकासमा उल्लेख्य योगदान पुर्याए वापत सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई र भक्तपर अस्पतालको विकास र समग्र वागती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सफल वागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमलाई सम्मान गरिएको छ ।


त्यसैगरि भदौ १० गतेको रसुवा भोटेकोशी बाढीमा परेर बेपत्ता भई ज्यान गमाउनु भएका अग्रज पत्रकार एवं नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार टेकराज थामीलाई नगद रु. पाँच हजार सहित प्रदान गरिएको मरणोपरान्त क्रियासिल पत्रकारिता पुरस्कार उहाँकी पत्नी एवं पत्रकार कालिका खड्कालाई प्रदान गरएको छ ।
त्यस्तै भक्तपुरमा रहेर कान्तिपुर टेलिभिजनमा कार्यरत एवं नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलाई नगद रु. पाँच हजारसहित स्व.लक्ष्मीमाया कासिछ्वा क्रियासिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री थापाले पत्रकारहरूले गुगलमा उपलब्ध सूचनामा मात्र सीमित नभई भूगोलमै पुगेर वास्तविकता बुझेर मात्रै समाचार लेख्नु पर्ने बताउनुभयो । देशको विकास र समृद्धिमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले जनप्रतिनिधिलाई खबरदारी गर्ने, विकृति उजागर गर्ने र यथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
वागमती प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइरहेको बताउनुभयो । उहाँले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलीब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको बताउनुभयो ।

मुख्यमन्त्री थापा मगरले बागमती प्रदेशका ९१ प्रतिशत नागरिकका घरमा खानेपानी पुगेको र प्रत्येक वडाको केन्द्रसम्म सडक पहुँच विस्तार भएको बताउनुुभयो ।
प्रदेश सरकारले गरेका कामको पर्याप्त प्रचारप्रसार हुन नसकेको चर्चा गर्दै उहाँले संघीयतालाई कार्यकर्ता व्यवस्थापन गर्ने माध्यमका रूपमा मात्र चित्रण गर्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणमा जुट्नु पर्ने बताउनुभयो ।
भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेको भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
वागमती प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले वागमती प्रदेशले पत्रकारहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यबस्था गरेको बताउँदै त्यसका लागि पत्रकार महासंघको सिफारसि भए पुग्ने बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका नगर प्रमुख वासुदेव थापाले समाचार संकलन गर्दा र लेख्दा पत्रकारले दलगत स्वार्थमा नभई निष्पक्ष रुपमा समाचार सम्प्रेषढा गर्नु पर्ने औल्याउनुभो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले सूर्यविनायकको विकासमा विगत १० वर्षमा ठूलो फड्को मारेको बताउनुभयो ।
कार्यक्रममा क्रियासिल पत्रकार मञ्चको अध्यक्ष रमेश गिरी, उपाध्यक्ष मकर श्रेष्ठ, कोषायध्यक्ष एवं कार्यक्रम संयोजक पुष्कर राज बुढाथोकी, सचिव अञ्जना शिल्पकारले पत्रकारको समग्र विकास, पहिचान र अधिकारका लागि मञ्च सक्रिय रहदै आएको बताउनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related











Total views : 400442





