भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने | Jana Aawaj News

Bhaktapur Hospital

भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने : Jana Aawaj News
भक्तपुर ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यसवर्षको स्वन्ति नखाः तिहार २०८३ मनाउने विषयमा भक्तपुर तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालाहरुसँग छलफल गरी तान्त्रिक विधिअनुसार देहायबमोजिम स्वन्ति नखाः तिहार मनाउन उपयुक्त हुने राय सुझाव प्राप्त भएको हुँदा सोही बमोजिम तिहार मनाउने सम्बन्धी शुक्रबार निर्णय गरेको छ ।
बैठकले यस वर्षको स्वन्ति नखाः तिहार २०८३ मनाउने सम्बन्धमा विभिन्न पात्रो र सरोकारवालाहरुबाट लक्ष्मी पूजा, म्हः पूजा र किजापूजा मनाउने तिथिका विषयमा फरक फरक मितिमा मनाउने गरी सार्वजनिक भएका समाचारहरुबाट सर्वसाधारणमा अन्यौल सिर्जना हुने देखिएकोले निर्णयबमोजिम मिति २०८३ कार्तिक २२ गते, आइतबार बिहान १०ः५४ बजेपछि औंसी तिथि प्रारम्भ हुने भएकोले सा“झ दिपावली गरी लक्ष्मी पूजा मनाउने, मिति २०८३ कार्तिक २३ गते, सोमबार बिहान ११ः३३ बजेपछि प्रतिपदा तिथि आरम्भ हुने भएकोले सा“झ म्हःपूजा मनाउने र मिति २०८३ कार्तिक २४ गते, मंगलबार दिनको १२ः४१ बजेपछि द्वितीया तिथि आरम्भ हुने भएकोले सा“झ किजापूजा मनाउने निर्णय गरेको छ ।
बैठकमा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ, पूजारी सिद्धिवीर कर्माचार्य, नेपाल ज्योतिष परिषद् भक्तपुर जिल्ला निवर्तमान अध्यक्ष केदारप्रसाद दैवज्ञ जोशी, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका बालगोपाल वनमालालगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने
2 रोटरीको पुस्तक प्रदर्शनीमा भसासको गजल वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न
3 बङ्गालको खाडीमा चक्रवात ‘अरनब’को प्रभाव: नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
4 ​ASEZ WAO लाई कोहलपुर नगरपालिकाद्वारा प्रशंसापत्र प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x