“योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

“योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज

पढ्न लाग्ने समयः < 1 मिनेट
“योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज : Jana Aawaj News

नबराज काफ्ले

भक्तपुर, कार्तिक २० गते ।भक्तपुर जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले भक्तपुर जिल्लालाई योगको नमुना जिल्ला बनाइने उद्घोष गरेका छन्। योगलाई संस्थागत गरी सबै नागरिकसम्म यसको पहुँच पुर्‍याउने लक्ष्यसहित जिल्लामा विभिन्न संघसंस्था अहोरात्र क्रियाशील रहेको सन्दर्भमा उनको यो घोषणा आएको हो।

कार्यक्रममा मुख्यमन्त्रीले जिल्लाको वर्तमान वस्तुस्थिति हेर्दा यो सम्भावना नजिक देखिएको बताए। त्यसैले योगको नमुना मोडेलका रूपमा भक्तपुरलाई अगाडि सार्न सकिने उनको भनाइ थियो।

यस अभियानमा स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका सरकार मिलेर लागेमा कार्यान्वयन थप प्रभावकारी हुने धारणा पनि मुख्यमन्त्रीले व्यक्त गरे।

योग अब केवल व्यक्तिगत अभ्यास मात्र होइन, सार्वजनिक स्वास्थ्यको सशक्त माध्यम पनि बनेको छ। नियमित योगाभ्यासले शारीरिक सक्रियता बढाउने, मानसिक तनाव घटाउने र जीवनशैलीजन्य रोगको जोखिम कम गर्न मद्दत गर्ने विश्वास गरिन्छ। भक्तपुरवासीको स्वास्थ्यका दृष्टिले यो पहल दीर्घकालीन लाभ दिने खालको मानिएको छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिने (रोकथाममुखी) स्वास्थ्य संस्कृतिमा यसले जोड दिन्छ।

वाग्मती प्रदेश,स्वास्थ्य मन्त्रालय,प्रादेशिक योग समितिका सदस्य डाक्टर नबराज काफ्लेले घोषणा मात्र पर्याप्त हुँदैन, तीनै तहका सरकारबीच समन्वय गर्दै स्वास्थ्य निकाय, विद्यालय, योग संस्था र नागरिक समाजको सहकार्यमा स्पष्ट कार्ययोजना, तालिम प्राप्त प्रशिक्षक र नियमित अनुगमन आवश्यक पर्ने धारणा व्यक्त गर्दछ्न । नमुना जिल्लाको अवधारणा कार्यान्वयनमा रूपान्तरण भए मात्र जनताले यसको प्रत्यक्ष अनुभूति गर्न पाउने सदस्य काफ्लेको विस्वास रहेको छ ।

भक्तपुरले योगमार्फत स्वस्थ समाजको उदाहरण प्रस्तुत गर्न सक्यो भने यो मोडेल अन्य जिल्लाका लागि पनि प्रेरणा बन्न सक्ने देखिन्छ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
2 चाँगुनारायण-२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता
3 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
4 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x