आज यी प्रदेशहरुमा हल्का वर्षा र हिमपातको सम्भावना | Jana Aawaj News

Bhaktapur Hospital

आज यी प्रदेशहरुमा हल्का वर्षा र हिमपातको सम्भावना

पढ्न लाग्ने समयः < 1 मिनेट
आज यी प्रदेशहरुमा हल्का वर्षा र हिमपातको सम्भावना : Jana Aawaj News
File:photo

भक्तपुर। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

उक्त प्रणालीका कारण देशका हिमाली तथा पहाडी भू-भागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ।

महाशाखाका अनुसार हाल कर्णाली प्रदेशसहित बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलोको प्रभाव देखिएको छ। यीबाहेक अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहने बताइएको छ।

सोमबार दिउँसो  भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशको हिमाली तथा पहाडी भू-भाग र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 आज यी प्रदेशहरुमा हल्का वर्षा र हिमपातको सम्भावना
2 देश डुबाउने र जलाउने दुवै जनताका सत्रु हुन्‌ : प्रेम सुवाल
3 ईप्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न, सामूहिकतर्फ युनिटी र एकलतर्फ मनिरा प्रथम
4 मास्टर जगत सुन्दर मल्लको १४४औँ जन्मजयन्तीमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको साहित्यिक कार्यक्रम
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x