

भक्तपुर, मंसिर २ गते । नेकपा (एमाले) को राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुने भेलाको उद्घघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

भेलामा सहभागी हुन अधिकांश प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्रता दिन भेला आयोजना गरिएको हो । बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकले भेलाका एजेन्डाहरू अनुमोदन गरिसकेको उनले जानकारी दिए ।

भेलाका मुख्य एजेन्डा र सहभागिता
भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरूको कार्यान्वयनमा एकरूपता कायम गर्ने र पार्टीले गर्नुपर्ने १५ वटा मुख्य कामका विषयमा विस्तृत छलफल हुनेछ ।
भेलामा देहायबमोजिमका प्रतिनिधिहरूको सहभागिता रहनेछः
- केन्द्रीय कमिटी तथा केन्द्रीय निकायका सदस्यहरू
- प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरू
- पालिका कमिटीका अध्यक्ष र उपाध्यक्षहरू
- जनसंगठनका प्रतिनिधिहरू
- संघीय तथा प्रदेश सांसदहरू
- स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू
शीर्ष नेताहरूको सम्बोधन
उद्घघाटन सत्र तथा भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीका साथै वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
Related
























Total views : 408257









