

ललितपुर, मङ्सिर ५ गते । नेपालीहरूकाे महान चाड बडा दशैं, शुभ तिहार र छठ पर्वकाे उल्लासमय समापन पछि फुर्सदिलाे समयकाे सदुपयाेग गर्दै ललितपुर स्थित स: दबू साहित्यले सञ्चालन गर्दै आईरहेकाे एकजना स्रष्टाकाे एकल लघुकथा वाचन कार्यलाई निरन्तरता दिंदै मङ्गसिर ५ गते शनिबार इखालखु, ललितपुरमा नवाैं संस्करण सम्पन्न गरेकाे
छ । यसपटककाे एकल लघुकथा वाचन झम्सिखेल, ललितपुर निवासी स्रष्टा दिव्या बज्राचार्यले ३ चरणमा कुल १५ वटा नेपालभाषाका लघुकथाहरू वाचन गरे । जस अनुसार पहिलाे चरणमा क्रमश: “अमान्य लापा”, “बुद्ध जयन्ति” , ” मातृभाषा माेह ” , “तानाशाही” र ” तथस्त ” गरी ५ वटा लघुकथाहरू समेटिएका थिए भने दाेस्राे चरणमा वाचित अर्काे ५ वटा लघुकथाहरूमा ” जि मनु ख:” , “य बा ! य बा! “, “स्वाइप”, ” पल्सा” र “त्राश” लघुकथाहरू समेटिएका थिए । त्यसैगरी कार्यक्रमकाे अन्तिम चरणमा वाचित ५ वटा लघुकथाहरूमा क्रमश: “मतिनाया प्रतिमा”, “सम्वेदनहिन” , “कल्पनाशक्ति” , ” कवाडी” र ” जि मदुगु जिगु बाखँ” लाई समेटिएकाे थियाे ।
उक्त वाचित लघुकथाहरू वर्तमान समय, परिस्थिति, विकृति विसङ्गतिलाई उजागर गर्दै तयार पारिएका भावनात्मक, मन छुने खालका नविन परिवेश सहितकाे सुन्दर, समय सान्दर्भिक र चेतनामूलक देखिएका थिए ।
जम्मा १ घण्टाकाे छाेटाे मिठाे कार्यक्रमकाे नवाैं संस्करणमा स: दबू साहित्यका कबिन्द्रलाल प्रधान र सुरेन्द्र भक्त श्रेष्ठले स्रष्टा दिव्या बज्राचार्यलाई माला लगाई स्वागत गरेका थिए भने संयोजक सुधीर ख्वविले सबैलाई धन्यबाद ज्ञापन गर्दै मायाकाे चिनाे प्रदान गरे । त्यसैगरी स: दबू साहित्यका समा श्रीबाट स्रष्टा दिव्या बज्राचार्यकाे संक्षिप्त परिचय सहित कार्यक्रमकाे सहजिकरण गरिएकाे थियाे ।
त्यसैगरी स:दबू साहित्यकाे हरेक श्रृङ्खलाका सहभागीहरूमध्ये १ जनालाई गाेलाप्रथाबाट द्वार पुरस्कार प्रदान गरिंदै आईरहेकाे क्रमलाई यसपटक पनि निरन्तरता दिंदै पुरस्कृत सहभागी राेशन शाक्यलाई पुरस्कार स्वरूप मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।

Related
























Total views : 408800









