ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न | Jana Aawaj News

Bhaktapur Hospital

ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न

१५०० केजी फोहोर संकलन

पढ्न लाग्ने समयः 3 मिनेट
ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न : Jana Aawaj News

नाारायण थापा

​ललितपुर, मंसिर ११ गते । विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय ‘वी लभ यु फाउन्डेसन’ (हामी माया गर्छौं फाउन्डेसन) को आयोजनामा बिहीबार ललितपुरको इमाडोलस्थित मनोहरा–हनुमन्ते कोरिडोरमा बृहत् वातावरण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘सन् २०२६ स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्ष’ को अवसरमा फाउन्डेसनले सञ्चालन गरिरहेको ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ (Worldwide Clean WORLD Movement) अन्तर्गत यो कार्यक्रम गरिएको हो।

​कार्यक्रम दुई चरणमा विभाजन गरी सञ्चालन गरिएको थियो। पहिलो चरणमा बिहान ७:१५ देखि ८:०० बजेसम्म श्री गम्भीर समुन्द्र सेतु माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूका लागि अभिमुखीकरण कक्षा सञ्चालन गरिएको थियो। दोस्रो चरणमा बिहान ८:०० देखि ९:३० बजेसम्म विद्यालय परिसरबाट सुरु भई मनोहरा–हनुमन्ते कोरिडोर क्षेत्रमा सरसफाइ गरिएको थियो। उक्त सरसफाइ अभियानमा फाउन्डेसनका सदस्य, शिक्षक–शिक्षिका, विद्यार्थी र सुरक्षाकर्मीसहित करिब २८० जनाको सक्रिय सहभागिता रहेको थियो।

सरसफाइका क्रममा कोरिडोर क्षेत्रमा जथाभावी फालिएका घरायसी फोहोर, कागज तथा प्लास्टिकजन्य वस्तु गरी करिब १०० बोरा (१,५०० केजी) फोहोर संकलन गरिएको आयोजकले जनाएको छ। संकलित फोहोरको उचित व्यवस्थापनमा सिर्जनसिप सेवा प्रा.लि. ले सहकार्य गरेको थियो।

कार्यक्रममा बोल्दै वी लभ यु फाउन्डेसन नेपालका अध्यक्ष किशोर साम्सोहाङले आमाले घरलाई सफा राखी परिवारको स्वास्थ्य जोगाएझैँ यो पृथ्वी ८ अर्ब मानव–जातिको साझा घर भएकाले सफा वातावरणमा स्वस्थ जीवन जिउनु सबैको आधारभूत आवश्यकता रहेको बताउनुभयो। उहाँले ‘आमाको जस्तो मन’ लिएर पृथ्वीलाई सफा राख्दै मानव जीवनलाई स्वस्थ र हर्षपूर्ण बनाउने उद्देश्यले फाउन्डेसनका सदस्यहरू अभियानमा जुटिरहेको उल्लेख गर्नुभयो।

महालक्ष्मी नगरपालिकाकी उप-नगर प्रमुख लक्ष्मी महर्जनले विद्यार्थीहरूलाई समेत सहभागी गराई गरिएको यस्तो कार्यक्रमले सानै उमेरदेखि सरसफाइप्रति सचेतना जगाउने र दीर्घकालीन रूपमा वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

फाउन्डेसनकी अध्यक्ष जाङ गिल जाको नेतृत्वमा गत नोभेम्बर १९ देखि बागमती, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश गरी ५ प्रदेशका १२ स्थानमा यो अभियान सञ्चालन भइरहेको छ। ‘स्वच्छ वातावरण नै मानव कल्याणको मुख्य आधार हो’ भन्ने उद्देश्यका साथ सन् २००८ मा दक्षिण कोरियाबाट सुरु भएको क्लिन वर्ल्ड अभियानमा हालसम्म नेपालसहित ८४ देशका ३ लाख ४६ हजारभन्दा बढी मानिस सहभागी भइसकेका छन्।

संयुक्त राष्ट्रसंघको सार्वजनिक सूचना विभाग (UN DGC) सँग आबद्ध वी लभ युले ‘आमाको प्रेम सारा संसारलाई’ भन्ने नाराका साथ वातावरण संरक्षण, आपतकालीन राहत, स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आएको छ। फाउन्डेसनका अनुसार यस वर्ष मात्र नेपालका १७ स्थानमा ३ हजार ५०० भन्दा बढीको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरिसकिएको छ भने गोरखा र मध्यपुर थिमीलगायतका विद्यालयमा शैक्षिक तथा भौतिक सामग्री सहयोग गरिएको छ। विश्वका १०२ देशमा ११ हजार १०० भन्दा बढी कल्याणकारी गतिविधि सञ्चालन गरिसकेको यस संस्थाले अमेरिकी राष्ट्रपतिको स्वयंसेवक सेवा स्वर्ण पदकसहित १ हजार १०० भन्दा बढी अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x