
काठमाडौं । ओखलढुंगामा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै ११ जना घाइते भएको बताइएको छ ।
सोमबार बिहान सुनकोसी गाउँपालिका–९, काँडेभञ्याङमा प्रदेश ३–१०२२–च ९६९४ नम्बरको जिप दुर्घटनामा परि सडकबाट तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाकाले जानकारी दिएअनुसार सिद्धचरण नगरपालिका–१० का विष्णुमाया मगर, तुलसा मगर र खगेन्द्र मगरको घटनास्थलमै
मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
दुर्घटनामा गम्भीर घाइते चारजनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको प्रहरीले जानकारी गराएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295887



